गण्डकीका रेडक्रसकर्मीलाई प्रशिक्षण

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा ,१४ पौष । नेपाल रेडक्रस सोसाइटी गण्डकीको आयोजनामा  तथा ब्रिटिश रेडक्रसको सहयोगमा रेडक्रसकर्मीहरूका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

विपद्को क्षेत्रमा काम गदै आएका रेडक्रसकर्मीका लागि ब्रिटिश रेडक्रसको सहयोगमा नगद तथा भौचर सहायता सम्बन्धी अभिमुखिकरण तालिम दिइएको हो ।
कार्यक्रममा विपद्का बेला वितरण गरिने नगद राहतको व्यवस्थापन र वर्तमान अवस्था वारे छलफल भएको नेपाल रेडक्रस गण्डकीका अध्यक्ष सूर्य ढकालले जानकारी दिए ।
अभिमुखिकरण कार्यक्रम सुरु हुनु पहिलो भएको उद्याटन सत्रमा बोल्दै नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष कृष्ण देवकोटाले प्रदेशको नीति योजनामा रेडक्रसलाई समेटेर लैजाने आश्वासन दिए । विपद्मा रेडक्रसले गरेको कामलाई स्मरण गदै उनले प्रदेश सरकार दोस्रो पञ्चवर्पीय योजना बनाउने क्रममा रहेको र आवश्यक राय दिन पनि आग्रह गरें ।
गण्डकी अध्यक्ष ढकालले रेडक्रससँग नियमित आर्थिक स्रोत नभएकाले सरकारले सहयोग गर्नुपर्ने बताए । ब्लड बैँक संचालनमा समेत रेडक्रसलाई आर्थिक स्रोतको अभाव रहेको र मेसिनहरु बिग्रदा मर्मत गर्न समस्या हुने गरेको बताए ।
उनले प्रदेशमा कम्तिमा पनि तीन स्थान (लमजुङ, नवलपुर र बागलुङ)मा गोदाम घर राख्नुपर्ने बताए । कार्यक्रममा रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य दिनेश अर्याल, विपद् व्यवस्थापन समिति संयोजक हरिबन्धु अर्याल, रामदत्त पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा लुम्बिनी, बागमती र गण्डकीका गरेर ३० जनाको सहभागीता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्