पोखरा–३२ लामेआहालमा नवौं संस्करणको श्रीकृष्ण जन्माष्टमी महोत्सव हुने

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, १२ साउन । पाेखरा-३२ लामेआहालमा नवौं संस्करणको श्रीकृष्ण जन्माष्टमी महाेत्सव हुने भएकाे छ । श्रीकृष्ण जन्माष्टमीकाे अवसर पारेर राधाकृष्ण सांस्कृतिक समूह, पाेखरा ३२ ले यहि भाद्र १० गते राधाकृष्ण मन्दिर प्राङ्गणमा खुल्ला भजन चुड्का तथा झाँकी प्रदर्शन सहितकाे महाेत्सव गर्न लागेकाे शनिबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा राधाकृष्ण साँस्कृतिक समुहका अध्यक्ष सञ्जयराज ढकालले माैलीक संस्कृतिकाे संरक्षण एवम प्रवर्द्धनकाे लागि श्रीकृष्ण जन्माष्टमी महाेत्सव गर्न लागिएकाे वताए । उनले महाेत्सव नवाैं संस्करणसम्म आइपुग्दा यसकाे महत्व झनै वढेर गएकाे र यस क्षेत्रकै उत्कृष्ट कार्यक्रमकाे रुपमा स्थापित हुन सफल भएकाे वताए ।

सबै जात जाती र समुदायलाई समेट्न महाेत्सवमा झाँकी प्रदर्शनी अन्तर्गत लाखे, साेरठी, घाटु, मारुनी, नचरी जस्ता माैलीक साँस्कृतीक प्रस्तुतीहरु समावेश गरिने भएकाेले सम्पुर्णले कार्यक्रमकाे अपनत्व ग्रहण गरेकाे अध्यक्ष ढकालले वताए । कार्यक्रमकाे मुख्य आकर्षणकाे रुपमा रहेकाे भजन चुड्का प्रतियाेगितामा १० देखि १२ समूहको सहभागिता रहने आयाेजकले अनुमान गरेकाे छ ।

प्रतियाेगितामा प्रथम हुनेलाई ५० हजार द्वित्तिय हुनेलाई ४० हजार, तृतियलाई ३० हजार र सान्त्वनालाई १०/१० हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियाेगितामा उत्कृष्ट भेषभुषा, उत्कृष्ट नृत्य र उत्कृष्ट गायनलाई पनि नगद ५/५ हजार प्रदान गरिनेछ । राधाकृष्ण सांस्कृतिक समूहका अध्यक्ष सञ्जय राज ढकालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा राधाकृष्ण शान्ति आश्रमका सह-अध्यक्ष गणेश बहादुर केसी, राधाकृष्ण सांस्कृतिक समूहका संस्थापक अध्यक्ष भाेलाप्रसाद भण्डारी, तल्लाे गगनगाैडा खानेपानी उपभाेक्ता संस्थाका काेषाध्यक्ष बिमला कुमारी थापा बस्नेत लगायतले बाेलेका थिए भने कार्यक्रमकाे सञ्चालन संस्थाका सह-सचिव भरत थापा क्षेत्रीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्