जन्म दिनका अवसरमा सहयोग

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिारम रानाभाट
लेखनाथ, १० साउन । लायन्स इन्टरनेशनल डिट्रिक ३२५ एल अन्तरगतको लायन्स क्लब अफ बेगनास तालनगरीका द्धितिय उपाध्यक्ष धु्रव राज त्रिपाठीले आफ्नो जन्म दिनको अवसरमा सहयोग गरेका छन् ।
पोखरा २७ प्रमार्थनगर स्थित श्री कृष्ण प्रर्णामी वृन्दावन धाममा रहेका १७ जना असाय बालबालिकालाई बुधबार बेलुका भोजन गराई आफ्नो दिन मनाएका छन् । उक्त अवसरमा रिजन चियर पर्सन केशवराज तिवारीले सहयोगी मन त्रिपाठीलाई जन्म दिनको अवरमा शुभकामना व्यक्त गर्दे लायन्सले आवश्यकता अनुसार आफ्नै व्यक्तिगत खर्चबाट सहयोग गर्दै आएको स्पष्ट पारे । त्यस्तै गरी जोन चियर पर्सन सुनिता गिरीले लायन्स क्लबहरुले मानविय तथा सामाजिक क्षेत्रमा धेरै महत्वपूर्ण कार्य गरेको चर्चा गर्दै यस वृन्दावन धाममा आगामी दिनमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
त्यसै गरी सयोगी दाता धु्रवराज त्रिपाठीले आफूले हरेक वर्ष लायन्स क्लब मार्फत आफ्नो जन्म दिनका अवसरमा सामाजिक तथा मानविय सेवाका कार्यमा धेरथोर सहयोग गरेको चर्चा गर्दै आफूभन्दा कम भाग्यमानि भएकालाई सहयोग गर्नपाउँदा आफूलाई सन्तुष्टि हुने बताए ।
यसै गरी बृन्दावनधाम आश्रमका संरक्षक श्री १०८ विष्णु वशिष्ट माहारजले मानव जीवनमा सबैभन्दा ठूलो मन हुने बताउँदै मन पवित्र भए सबै कुरामा सफल हुने बताए । जन्म दिनको अवसरमा शुभकामना व्यक्त गर्दै आश्रमका बारेमा बोलेका थिए ।
यसै गरी आश्रम सेवा समिति कास्की जिल्ला सचिव कृष्ण प्रसाद ढुङ्गानाले मानवको हातको गहना भनेको दान हुने बताउँदै मानव जीवनमा सबैभन्दा ठूलो कर्म भएको बताए ।
लायन्स क्लब अफ बेगनास तालनगरीका अध्यक्ष अरुण चन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष सपना सुवेदीले स्वागत एवम् कार्यक्रममाथि प्रकाश पारेकी थिइन भने क्लबका सचिव वर्षा मगरले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्