आज गुरुपूर्णिमा : व्यास जयन्ती

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा , ६ साउन ।  आज गुरुपूर्णिमा मनाइँदैछ । महाभारतका रचयिता वेद व्यासको जन्मजयन्ती आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री मन्त्र, दीक्षा, वेद सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान गर्दै गुरुपूर्णिमा मनाइन्छ ।

हिन्दू संस्कृतिमा गुरुलाई भगवानको रुपमा पुजिन्छ । शिक्षा प्रदान गरि आफूलाई सुयोग्य बनाउने गुरुलाई सम्मान गर्दै शिष्यहरूले आजको दिन मिष्ठान्न, विभिन्न परिकार तथा उपहार अर्पण गर्ने गरिन्छ ।

महर्षि व्यासले वेद (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद)को रचना गरेका हुन् । त्यसलाई उनले सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्