बेगनासताल डुङ्गा ब्यवसायि समितिलाई लाईफ ज्याकेट प्रदान

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ २९, असार । तालमा हुन सक्ने सम्भाव्य दुर्घटनालाई न्युनिकरण गराउने उदेश्यले नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशले वेगनासतालमा लाईफ ज्याकेट प्रदान गरेको छ ।
बेगनासतालमा घुम्न आउने आन्तरिक तथा वाहिय पर्यटनले डुङ्गा चढेर तालमा सयर गर्दा अनिवार्य रुपमा लाईफ ज्याकेट लगाउनु पर्ने नियमलाई कडाईका साथ पालना गराउनका लागि पर्यटन बोर्डले बेगनासताल डुङ्गा ब्यवसायि समितिलाई तिन सय थान लाईफ ज्याकेट र नौ प्याकेट डोरी सहयोग गरेको हो ।
बेगनासताल डुङ्गा ब्यवसायि समितिमा रहेका लाईफ ज्याकेट पुराना र कमजोर भएकाले तालमा घुम्न आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै लाईफ ज्याकेट र दुर्घटनका समयमा उदर गर्न सहज हुने गरि पलास्टिकका डोरी सहयोग गरिएको हो ।
सहयोग सामाग्री हस्तान्त्रण गर्दै नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख नविन पोखरेलले पोखरामा आउने पर्यटनको वसाई लम्व्याउनका लागि पोखरा आसपासका ठाउहरुमा पर्यटकीय गतिविधीहरु वढाउनु पर्ने सुझाव राख्दै यहाँ आउने पर्यटकलाई ठाउ विशेषका आधारमा थप मनोरञ्जनका स्थानहरुको पहिचान गरेर त्यस क्षेत्रमा पर्यटन विकासका पुर्वधारहरु खडा गर्दै जानु पर्ने प्रमुख पोखरेलको भनाई रहेको थियो ।
सोही अवसरमा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत कुन्दन शर्मा मिश्रले वेगनासताल पर्यटनका लागि आर्कषणको केन्द्र विन्दु वनाउन सकिने प्रसस्त सम्भावनाहरु रहेकाले यहाँ रहेका सामाजिक संघ सस्था र सरकारी निकायको सहकार्यमा पर्यटन विकासमा विविधिकरण गर्न सकिनेमा जोड दिएका थिए ।
बेगनासताल डुङ्गा ब्यवसायि समितिका अध्यक्ष रविराज कडेलले यहाँ आउने पर्यटनलाई थप मनोरङ्गजन दिनका लागि ल्याईएको मोटर वोट महानगरपालिकाको असहयोगमा त्यतिकै थन्किएर वसेको सुनाउदै जसका कारण ब्यवसायिको ठुलो लगानी खेर गईरहेको बताएका थिए ।
कार्यक्रममा फेवा डुङ्गा ब्यवसायि समितिका अध्यक्ष वलराम गिरीले फेवाताल र वेगनासतालमा हुने पर्यटकिय गतिविधीलाई सहकार्यको माध्यमबाट अगाडी वढाउन सक्नु पर्ने सुझाव राखेका थिए ।
बेगनासताल डुङ्गा ब्यवसायि समितिका अध्यक्ष रविराज कडेलको अध्यक्षतामा भएको कार्यक्रममा बेगनासताल महाआरतीका संयोजक राममणि अधिकारी, लेखनाथ होटल तथा रेष्टुरेण्ट एसोसियसनका अध्यक्ष विरभद्र कडेल, वेगनासताल संरक्षण तथा विकास मञ्चका संयोजक कृष्ण प्रसाद ढुगाना, बेगनासताल डुङ्गा व्यवसायि समितिका उपाध्यक्ष टिकाराम तिवारी र नेपाली काग्रेस वडा नं ३१ ईकाई सभापति भानुभत्त पौडेल लगाएतले वेगनासतालमा आउने पर्यटनको मन जित्ने खालका गतिविधी संचालन गरेर पर्यटनको हवका रुपमा विकास गराउन सकिने सम्भावनाका वारेमा आ आफनो धारणा राखेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्