रत्नशोभा मा.वि.मा यसरी मनाइयो १७ औं पुस्तकालय दिवस

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, १७ भदौ । पोखरा महानगरपालिका वडा नं.२८ स्थित रत्नशोभा माध्यमिक विद्यालयमा १७ औं पुस्तकालय दिवस मनाइएको छ।
कक्षा ६ देखि कक्षा १२ सम्म “निरन्तर शिक्षाका लागि पुस्तकालय” विषयमा बक्तृत्वकला प्रतियोगिता र कक्षा १ देखि ५सम्म विद्यार्थीहरु बिच घैटो फुटाई कार्यक्रम गरी पुस्तकालय दिवस मनाइएको हो ।
बक्तृत्वकला प्रतियोगितामा कक्षा १२ की छात्रा श्रीनिशा घिमिरे प्रथम, कक्षा ८ की छात्रा स्मृति बुढाथोकी द्धितीय र कक्षा ८ कै छात्र एलन गुरुङ तृतीय भएका थिए । यसै गरी कक्षा १ देखि ५ सम्म भएको घैंटो फुटाई कार्यक्रममा कक्षा ४ का सुगम अधिकारी प्रथम भएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले विजेता विद्यार्थीहरुलाई बधाई दिंदै सिकाई निरन्तर चल्ने प्रकृया भएको बताउँदै विद्यार्थीहरुले पुस्तकालयलाई धेरै भन्दा धेरै प्रयोग गरी ज्ञान आर्जन गर्न आग्रह गरे ।
अतिरिक्त क्रियाकलापमा सहभागीताले विद्यार्थीलाई धेरै कुरा सिकाउने बताउँदै आफ्ना कमी कम्जोरीलाई सुधार गरेर आगामी दिनमा अगाडि बढ्न सुझाव दिंदै विजेता विद्यार्थीहरुलाई बधाई दिएका थिए ।
बक्तृत्वकला प्रतियोगितामा शिक्षकहरु कृष्ण प्रसाद पौडेल , भागिरथी देवी ढकाल र सरीता पौडेल रहेका थिए भने प्रतियोगिता सम्बान्धि नियमका बारेमा शिक्षक कृष्ण प्रसाद पौडेलले स्पष्ट पारेका थिए ।
यसै गरी कार्यक्रममा पुस्तकालय प्रमुख कमला पौडेल, पुस्तकालय व्यवस्थापन समिति सदस्य सचिव भेघनाथ आचार्यले पुस्तकालय सम्बन्धि आ–आफ्नो भनाई राखेका थिए ।
पुस्तकाल व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रधानाध्यापक किरणबाबु न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सदस्य सचिव मेघनाथ आचार्यले गरेका थिए भने प्रधानाध्यापक न्यौपानेले र निवर्तमान प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले पुरस्कार वितरण गरेका थिए भने यस वर्षको पुरस्तकालय दिवसको नारा निरन्तर शिक्षाका लागि पुस्तकालय रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्