लेखनाथ सामुदायिक सेवा केन्द्रको अध्यक्षमा खनाल

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, १६ भदौ । लेखनाथ सामुदायिक सेवा केन्द्र संवम सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्षमा गंंगा कुमारी खनाल निर्वाचित भएकी छन । केन्द्रको १८औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशनले आगामी कार्यकालका लागि खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
लेखनाथ सामुदायिक सेवा केन्द्रको ईतिहासमा पहिलो पटक महिला अध्यक्ष पदमा पुग्न सफल खनाल विगत ११ वर्ष देखि साधारण सदस्य हुदै केन्द्रमा विभिन्न किसिमका जिम्मेवारीहरु वहन गर्दै अध्यक्षको जिम्मेवारी समाल्न सफल भएकी हुन् ।
यसै गरी सर्वसम्मत रुपमा चयन गरीएको सेवा केन्द्रको उपाध्यक्षमा कृष्ण सुवेदी , सचिवमा बिनोद बहादुर थापा, सह सचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा कृष्ण प्रसाद ओझा रहेका छन् । यसैगरि समितिको सदस्यहरुमा नवराज पौडेल,सुमित्रा वञ्जरा,सन्तोष सुर्खेली,रामकृष्ण खनाल,गोविन्द वाग्ले,अर्जुन मल्ल र सुवास कडेल रहेका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मोहन कुमार थापाले समाजमा ब्याप्त बिक्रिती,विशंगती,लागुऔषधको रोकथाम तथा अपराध जन्य घटनाको न्यूनिकरणका लागि यहाँ रहेका सामाजिक संघ सस्था र पुलिस प्रशासनका विच हातेमालोको आवस्यकता रहेको वताएका थिए ।

पुलिस प्रशासन वर्दी लगाएर शान्ति सुरक्षा कायम गर्ने काममा लागेको हुन्छ भने नागरिकहरु वर्दि विनाका पुलिस भएर समाजमा सुमार्ग वा अपराधजन्य घटनाको रोकथाम गर्ने काममा लाग्नु पर्छ उनको सुझाव रहेका थियो ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ,पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापा,राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय गगनगौडाका प्रहरी उपरिक्षक जनक बहादुर शाही,सामुदायिक सेवा केन्द्र जिल्ला समोन्वय समितिका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र वजगाई,सामुदायिक सेवा केन्द्र वगरका अध्यक्ष रामपसाद शर्मा, समितिका सल्लाहाकर टिकाराम पंगेनी, सस्थाक अध्यक्ष मोती गिरी, पुर्व अध्यक्षहरुको तर्फबाट त्रिलोचन लामिछाने र ईश्वरी प्रसाद अधिकारी लगाएतले सभ्य समाज निर्माणका लागि सामुहिक एकताको आवस्यकता औल्याएका थिए ।

लेखनाथ सामुदायिक सेवा केन्द्र एवम सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गंगा कुमारी खनालले स्वागत र सचिव केशव तिवारीले कार्यक्रम संचालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्