मानव अधिकार तथा शान्ति समाज कास्की शाखाको २६ औं साधारण सभा सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, २९ भदौ । मानव अधिकारी तथा शान्ति समाज कास्की शाखाको २६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय प्रमुख नितु गर्तौलाले सिमिति साधन र स्रातका बावजुद पनि भ«ष्टचार विरुद्ध कार्यक्रम गरी शान्ति कायम राख्न मानव अधिकार तथा शान्ति समाजले अरु सबै संघ संस्थालाई सिकाएको बताइन् ।
देशको विकासका लागि शान्ति र शुसासन नभइ दिगो विकास हुन नसक्ने बताउँदै यसका लागि राजनितिक दलहरुलाइृ समाजले निरन्तर रुपमा खबरदारी गर्नुपर्ने आवश्यकतामा जोड दिइन् ।
आवाज विहिनको आवाज शान्ति समाज बन्नुपर्नेमा जोड दिंदै प्रमुख गर्तौलाले आगामी दिनमा शान्ति समाज सहकार्य गरी अगाडि बढ्नु पर्ने सुझाव राखेकी थिइन् ।
यसै गरी मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति रामकृष्ण बरालले दिगो विकासका लागि भ«ष्टचार विरुद्ध समाजका कार्यक्रम केन्द्रित हुने जानकारी दिदै शान्ति समाजका कार्यक्रममा राजनितिक दलका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधि विच विकासका बारेमा , शुसासनका बारेमा बहस हुनुपर्नेमा जोड दिए ।
कास्की शाखाका सभापति तिर्थराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मानव अधिकारी तथा शान्ति समाजका पूर्व केन्द्रिय सभापति उत्तम पुडासैनीले समयको गति सँगै समाजका कार्यक्रमहरु परिष्कृत हुनुपर्ने बताए । कास्की शाखाले विगतमा गरेका कार्यक्रमको स्मरण गर्दै पुडासैनीले शाखाले गर्ने कार्यक्रमले नै आफ्नो स्थान निर्धारण गर्ने बताए । बालिबालिका देखि युवावर्गहरु दूव्र्यसनीमा फेसेको प्रति चिन्ता व्यक्त गर्दै पुडासैनीले यसका लागि शान्ति समाजले सचेतना कार्यक्रम गर्दै राजनितिक दलहरुलाई खबरदारी गर्नुपर्नेमा जोड दिए ।
निवर्तमान केन्द्रिय सचिव एवम् कास्की शाखाका पूर्व सभापति धिरज थापा, स्वतन्त्र पत्रकार संघ केन्द्रिय सभापति कृष्ण प्रसाद बास्तोला, काठमाण्डौका सभापति भगवान पुडासैनी, .कास्की शाखाका पूर्व सभापति डा.भानु कंडेल, कास्की शाखाका सल्लाहकारहरु सूर्य प्रसाद ढकाल र विश्वलाल श्रेष्ठले विज्ञान र प्रविधिको विकाससँगै मानव अधिकार हनन धेरै भएका बताउँदै शान्ति समाजले आफ्ना कार्यक्रमहरु पनि परिष्कृत गर्दै जानुपर्ने बताए । समाजले राष्ट्रव्यापी रुपमा सचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिंदै शान्ति समाजका कार्यक्रमहरु समुदायमा पु¥याउन प्रशिक्षणको आवश्यकता भएको बताए ।
शाखाका उपसभापति रामकृष्ण ढुङ्गानाले स्वागत एवम् कार्यक्रम माथि प्रकास पारेका थिए भने शाखाका सह सचिव झलक प्रसाद तिवारीद्धारा प्रस्तुत सचिवको प्रतिवेदन र कोषाध्यक्ष पार्वती बरालद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो ।
कार्यक्रमको बन्द सत्रमा शाखाका सभापति तिर्थराज न्यौपानेले समाजका सदस्यहरुको जिज्ञासाको जवाफ दिएका थिए भने शाखाका सह सचिव झलक प्रसाद तिवारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी