कास्की नेत्रहिन संघ र समदृष्टी सहकारीको साधारण सभा

  • ख-
  • ख+

पोखरा , असोज १
कास्की नेत्रहिन संघको २५ औं बार्षिक साधारण सभा र समदृष्टी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं बार्षिक साधारण सभा तथा छैटौं अधिबेशन सनिवार सम्पन्न भएको छ ।
अधिबेशनको कास्किका जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका हुन। पौडेलले कास्किका अधिकाम्स बिकास संरचना र भौतिक पूर्बाधार अपाङ्गमत्री नभएको भन्ने बिषयका सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै अपांग मैत्री जिल्लाको रूपमा स्थापित गर्न आफूले समन्वयात्मक भुमिका निर्बाह गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
सुन्दर कास्कीलाई हरेक दृस्ठिकोणबाट सुन्दर बनाउन कास्कीका पाँचओटैपालिका हरुलाई आग्रह गर्ने बताए। पौडेलले अपांगता भएका ब्यक्तिहरूलाइ हेर्ने दृष्टिकोणलाई परिबर्तन गर्नु पर्ने र सो भएमा मात्रै सामाजिक रुपान्तरणको बिषय सार्थक हुने बताए।
सो अबशरमा बोल्ने बक्ताहरुले कास्कीका सडक सहित बिकासका भौतिक पूर्बाधार अपाङ्गमैत्री नहुदा आफूहरूले कठिनाई भोग्नु परेको भन्दै समाधान गरिदिन पौडेलको ध्यानाकर्षण गराएका थिए।
कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रिय उपाध्यक्ष खोमराज शर्मा ,राष्ट्रिय अपांग महासंघ केन्द्रिय सदस्य रमेश पोख्रेल , नेत्रहीन संघ गण्डकीका अध्यक्ष लक्ष्मण सुबेदी समदृष्टी सहकारीका पूर्ब अध्यक्ष शोभा पौडेल , उक्त सहकारीका अध्यक्ष शिशिर खनाल,अपांगमैत्री समाज कास्किका अध्यक्ष सन्त बहादुर परियार ,नेत्रहिन महिला संघ कास्किका अध्यक्ष कमला शर्मा ,पोखरा महानगरपालिकाका सामाजिक बिकास अधिकृत राधा बि।क। लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्