माझठाना खानेपानी समितिद्धारा विद्युत प्राधिकरणमा ज्ञापन पत्र

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, ३१ जेठ । माझठाना खानेपानी तथा सरसफाई उपभोक्ता समितिले नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रमा ज्ञापन पत्र बुझाएको छ । समितिका अध्यक्ष लालमोहन तिवारीको नेतृत्वमा विद्युत प्राधिकरण कार्यालयमा पुगेको टोलीले विद्युत प्राधिकरणका प्रमुख राजकुमार रमणलाई बिहिबार ज्ञापन पत्र बुझाएको हो ।
पोखरा महानगरपालिका वडा नं.२८ माझठानामा विगत लामो समयदेखि विद्युत प्रसारण लाइन जिर्ण अवस्थामा रहेको, विद्युतका पोल मापद(ड अनुकुल नभएको , वर्षा समयमा विद्युत प्रसारण नहुँदा माझठानाबासी अँध्यारोमा बस्न बाध्य भएको कुरा विगतमा पनि प्राधिकरण कार्यालयमा अवगत गराउँदा पनि समस्या समाधान नभएको ज्ञापन पत्रमा भनिएको छ ।
विद्युत प्रसारण अपडाउनका कारण माझठाना खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्धारा सञ्चालित खाल्टे लिफ्टिङको ट्रास्फर्म , मिटर बक्स, एम सि बक्स क्षेती भएकाले जनताले दैनिक रुपमा पिउने पानी वितरणमा समस्याका बारेमा कार्यालयमा पटक पटक लिखित र मौखिक रुपमा अवगत गराउँदा समेत कुनै सुनुवाई नभएको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ । समितिले ज्ञापन पत्रमा ५ बुँदे माग समेत उल्लेख गरेको छ । जस अनुसार नाङ्गो तारलाई कबर सहित तार परिवर्तन गर्ने, मादण्ड भन्दा बढी दुरीमा रहेका पोलहरुमा थप पोल थप्नुपर्ने, प्रशारण लाइन वरपर रहेका बाँसघारी तथा बोटबिरुवा यथासिघ्र कटान गर्ने, छिन छिनमा विद्युत आउने र जाने समस्या पत्ता लगाई समाधान गर्ने, विद्युत लाइनको जिर्ण भएका प्रसारण लाइनलाई परिवर्तन गर्ने लगायतका मागहरु प्रस्तुत गरिएको छ ।
समितिका अध्यक्ष तिवारीले ज्ञापन पत्र प्राधिकरणका प्रमुख राजकुमार रमणलाई हस्तान्तरण गर्दै भने जनताको सुरक्षा तथा दैनिक रुपमा आइपर्ने समस्या समाधान गर्न कुनै पहल नभएमा सम्पूर्ण माझठाना बासी कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने बताए ।
प्राधिकरण्का प्रमुख रमणले ज्ञापन पत्र ग्रहण गर्दै छिटो भन्दा छिटो प्राविधिक र इन्जिनियर उपलब्ध गराएर समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्