मिलनसार तमु समाजमा नयाँ नेतृत्व

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, ३० साउन । पोखरा महानगरपालिका वडा नं.३१ बेगनासताल स्थित मिलनसार तमु समाजले इश्वर गुरुङको अध्यक्षतामा ११ सदसीय नयाँ कार्य समिति चयन गरेको छ ।
समाजको १९ औं साधारण सभा तथा चौथो अधिवेसनले सर्वसम्मत रुपमा तारादेवी गुरुङलाई उपाध्यक्षमा चयन गरेको छ यसै गरी सचिवमा विमला गुरुङ, कोषाध्यक्षमा मिना गुरुङ, सह सचिवमा हिमकुमारी गुरुङ, सह कोषाध्यक्षमा गणेश गुरुङ रहेका छ् ।
यसै गरी सदस्यहरुमा केश बहादुर गुरुङ, सुमित्रा गुरुङ ,छविलाल गुरुङ, गिता गुरुङ र जोशिला गुरुङ चयन भएका छन् ।
निवर्तमान अध्यक्ष श्री जीवन गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ सल्लाहाकार गुमा गुरुङ र हरि प्रसाद गुरुङले खदा ओढाएर बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
नव निर्वाचित अध्यक्ष इश्वर गुरुङले आफूलाई विश्वास गरी समाजको अध्यक्षमा चयन गरेकोमा सबै सदस्यहरु , सल्लाहकारहरु धन्यवादन व्यक्त गर्दै आगामी दिनमा विभिन्न जिल्लाबाट यस क्षेत्रमा आइ बसोबास गर्ने गुरुङ जातीलाई समाजमा गोलबद्ध गराउने प्रयास गर्ने बताए । गुरुङ जातीको धर्म, संस्कृति , रितिरिवाजलाई संरक्षण गर्दै युवा पुस्तालाई हस्तान्तरण गर्नु पनि हामी सबैको कर्तव्य भएको बताउँदै यस क्षेत्रको विकास निर्माण कार्यमा स्थानीय सरकार, प्रदेश सरकार , संघिय सरकार र स्थानिय सामाजिक संघ संस्थाहरुसँग हातेमालो गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।
निवर्तमान सचिव तारा गुरुङद्धारा प्रस्तुत सचिवको प्रतिवेदन, निवर्तमान कोषाध्यक्ष मिना गुरुङद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन अधिवेशनले सर्वसम्मत रुपमा पारित गरेको थियो ।
निवर्तमान अध्यक्ष जिवन गुरुङले आफ्नो कार्यकाल सफल बनाउन अहोरात्र लागि पर्ने पदाधिकारीहरु, सल्लाहकारहरु र सदस्यहरु, स्थानीय सामाजिक संघ संस्थाहरु सबैमा धन्यवाद व्यक्त गरे । गुरुङले नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारीहरु र सदस्यहरुमा बधाई ज्ञापन गर्दै समाजको गरिमा उच्च राख्न आफ्नो तर्फबाट समाजलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन निवर्तमान सचिव तारा गुरुङले गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्