नवनियुक्त प्रधानमन्त्री ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदै

गाउँले मिडिया
  • ख-
  • ख+

काठमाडौं, असार ३१ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ आज लिंदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अहिले बिहान ११ बजे प्रधान मन्त्रीले शपथ लिने विशेष कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथमा उपस्थित हुने सांसदलाई आज बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्न अनुरोध गरेको छ । शपथ समारोहमा उपस्थित हुन सङ्घीय संसद्का सम्पूर्ण सदस्यलाई राष्ट्रपति कार्यालयले निमन्त्रणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेपछि शपथ समारोह तय भएको हो । गत शुक्रबार असार २८ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रुपमा सदनबाट विश्वास गुमाउनुभएपछि नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता ओली प्रधानमन्त्री बनेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्