अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा

गाउँले मिडिया
  • ख-
  • ख+

जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा भन्ने उद्घोषका साथ वि सं २०६२ साल असारदेखि निरन्तर सञ्चालन गर्दै आएको पर्यटकीय साहित्यिक कार्यक्रम अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा सम्पन्न भएको छ ।
अक्षरयात्राका परिकल्पनाकार मध्येका एक स्वर्गीय प्रकट पंगेनी शिवप्रति सम्मान र सम्झना गर्दै अक्षरयात्राको २१० औं शृङखला पोखराको रमणीय स्थल खास्टेताल किनारमा रहेको जेष्ठी बाराही मन्दिर परिसरमा सम्पन्न भएको हो ।
पोखरा महानगरपालिका वडा नं २६ तथा खास्टेताल टोल विकाश संस्थाको स्थानीय व्यवस्थापन र गजलसन्ध्या पोखराका अध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का अध्यक्ष नरेन्द्र थापाले साहित्यिक मनहरुको उपस्थितिले तालको सुन्दरतामा अझै सुनमा सुगन्ध थपिएको महशुस गरेको वताए ।
वडाध्यक्ष थापाले साहित्य समाजको ऐना भएकाले त्यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा समेत गरे । उनले स्वर्गीय प्रकट पंगेनी शिवप्रति सम्मान र सम्झना गर्दै निकट भविष्यमा वडाको सकृयता र गजल सन्ध्याको सहकार्यमा गजलसँग सम्बन्धित राष्ट्रियस्तरको कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै साहित्यकार तीर्थ श्रेष्ठले खाष्टेमा लगाईएको कमल फूलको संरक्षण गर्दै जेष्ठी बाराही मन्दिरका माध्यमले धार्मिक पर्यटनलाई बढाउन सकिने वताए ।
साहित्यकार गणेश पौडेलले स्रष्टाहरुले देशको भाषा, संस्कृति र साहित्यको संरक्षण एवम् विकाशका लागि बिभिन्न ठाउँमा गइ कार्यक्रम गर्नु प्रशंसनीय भएको वताए ।
स्थानीय हरिप्रसाद अधिकारी,बुद्धिराज अधिकारी,ईश्वरराज भण्डारी लगायतले तालका साथै बाराही मन्दिरको महत्वमा जोड दिएका थिए ।
नेपाली लेखक संघ गण्डकीका अध्यक्ष डा ईश्वरमणि अधिकारी, कवि शिव त्रिपाठी ,श्रीराम अधिकारी गोर्जे, प्रेमकुमारी कुइकेल,ऋषिकेश बराल,निर्मला पौडेल,सावित्री गिरी,बसन्तमोहन भट्टराई लगायत २६ जना कवि कवयत्रीहरुले रचना वाचन गरेका थिए । कार्यक्रम सचिव उदिपराज ढुंगानाले सञ्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्