कक्षा १२ का विद्यार्थीलाई विदाइ एवम् शुभकामना कार्यक्रम

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा महानगरपालिका वडा नं.२८ माझठाना स्थित रत्न शोभा माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई एवम् शुभकामना कार्यक्रम गरिएको हो ।
कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा यही बैशाख १४ गते देखि हुने राष्टिय« परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षाको तयारी गरीरहेका विद्यार्थीहरुलाई शुभकामना एवम् विदाई कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनाले विद्यार्थीको शैक्षिक सफलता नै समग्र विद्यालयको सफलता हुने बताए । अध्यक्ष तिमिल्सिनाले आगामी दिनमा विषयगत शिक्षकहरुसँग समन्वय गरेर यही बैशाख १५ गते देखि सुरु हुने बोर्ड परीक्षाको तयारी गर्न आग्रह गर्दै उच्च शैक्षिक सफलताको शुभकामना व्यक्त गरे ।
यसै गरी विद्यालयका सहयाक प्रधानाध्यापक उदयराज ओझाले विद्यार्थीहरुले विद्यालयमा सिकेका राम्रा पक्षलाई भविष्यमा लागु गर्न आग्रह गर्दे विद्यार्थी जीवनमा धैर्य र समय अति नै महत्वपूर्ण हुने बताउँदै आगामी दिनमा समयको महत्वलाई बुझेर परीक्षाको तयारी गर्न आग्रह गरे ।
यसै गरी शिक्षक गोपी मायाँ गुरुङले विद्यार्थीहरुको संघर्षको दिन सुरु भैसकेको बताउँदै कक्षा १२ को बोर्ड परीक्षा भविष्य निर्माणको सुनौलो गेट हुने बताउँदै उज्वल भविष्यको शुभकामना व्यक्त गरिन् ।
यसै गरी शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्द लामिछाने, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु कमल थापा, सन्तोष बास्तोला, मुना लामिछाने र शिक्षक ऋषिराम रानाभाट लगायतले शुभकामनमा व्यक्त गरेका थिए ।
कक्षा ११ का विद्यार्थी श्रीनिसा घिमिरेले स्वागत गरेको कार्यक्रममा कक्षा १२ का विद्यार्थी अनुस्का रानाभाटले विद्यालयमा सिकेका राम्रा पक्षहरुलाई सदैव आत्मसाथ गर्ने बताउँदै गुरुहरुको आशिर्वाद , भाइबैनीहरुको सम्मानले थप हौसला मिलेको बताउँदै बोर्ड परीक्षामा सफलता प्राप्त गर्ने गरी मिहेनत गर्ने बताइन् ।
कक्षा ११ का विद्यार्थी विशाल परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कुसल परियार र रुबिना बास्तोलाले गरेका थिए भने बिदाई हुने विद्यार्थीहरुलाई सम्झना स्वरुप मायाँको चिनो समेत प्रदान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्