दीपशिखा पुस्तकालयमा सीपमूलक शिक्षा कार्यक्रम

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा सीपमूलक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । दीपशिखा सामुदायिक पुस्तकालय र दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्रको आयोजनामा किशोरीहरुका लागि २ दिने उक्त सीपमूलक शिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
पोखरा महानगरपालिका वडा नं ३२ कार्यालयको विशेष सहयोगमा सम्पन्न भएको कार्यक्रममा विभिन्न वडाका ४० जना भन्दा बढी किशोरीहरु उक्त सीपमूलक कार्यक्रममा सहभागी भएका थिए ।
बाल हितकारी परियोजनाका मीना थापा र सँगीता भण्डारी तथा पुस्तकालयका धनुपहारी र कविता गैह्रेले सहजीकरण गरेको उक्त कार्यक्रम समापनका अवसरमा बोल्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीलाई विशेष सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै किशोरीहरु लक्षित कार्यक्रमका लागि आफ्नो सधैं सहयोग रहने वताए ।
कार्यक्रममा दीपशिखा सामुदायिक पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारी, सचिव पदमप्रसाद अधिकारी,सदस्यहरु कमला भण्डारी,विष्णुहरि पौडेल, चन्द्रबहादुर गुरुङ, विश्वराज पौडेलका साथै सहभागीहरु ज्ेनिशा नेपाली, जेनी थापा मगर लगायतले बोलेका थिए ।
किशोरावस्थामा आउने परिवर्तन, समस्या र समाधानमा कार्यक्रम केन्द्रित भएको सहभागीहरुले वताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्