माझठानामा एकिकृत शत्रुजिव (आइ पि एम ) तालिम सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, २० चैत्र । पोखरा महानगरपालिका वडा नं..२८माझठानामा एकिकृत शत्रुजिव –आइ पि एम ) तालिम सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्र , कास्कीको आर्थिक सहयोगमा गत मंसिर २ गते देखि सुरु भएको तालिम चैत्र १९ गते समापन भएको हो । २०हप्ते तालिम पोखरा महानगरपालिका वडा नं.२८ देउराली आई पि एम कृषक पाठाशालामा सम्बद्ध कृषक समूहलाई विशेष गरी आलु बाली एवम् बमौसी बाली लगाउने तरीकाको बारेमा तालिम प्रदान गरिएको कृषि ज्ञान केन्द्रका कास्कीका प्रमुख किरण सिग्देलले जानकारी दिए ।
यसै गरी समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नं.२८ का वडा अध्यक्ष श्रकृष्ण लामिछानेले पोखरा २८ को खेतबारी कृषि उत्पादनको लागि महत्वपूर्ण उर्बराभूमी मानिंदै आएको बताउँदै हामी सबैको जनजिवीकाको मूख्य आधार नै कृषि भएको बताए । कृषि उत्पादनका खाध्यबस्तु मानवको स्वास्थ्यसँग जोडिने भएकाले तालिममा सिकेका कुरालाई कृषि उत्पादनमा उपयोगी हुने बताउँदै आगामी दिनमा देउराली कृषक समूह समग्र वडा नं. २८ कै नमूना समूह बन्ने विश्वास समेत व्यक्त गरे । सोही अवसरमा वडा अध्यक्ष लामिछानेले वडाको र समूहको आधा÷आधा आर्थिक लगानीमा हाते ट्रयाक्टर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
यसै गरी कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलले कृषि उत्पादन गर्न कठिन हुँदै गएको बताउँदै प्राचिन समयमा अपनाइएको पद्धतीलाई पालना गर्नुपर्नेमा जोड दिंदै आलु उच्पादन गर्दा रासायनिक प्रयोग नगरी स्थानीय स्तरमा उपलब्ध हुने गाईबस्तुको गोबर खेतबारमिा राखेर आलु धेरै मात्रमा उत्पादन गर्न सकिने बताए । आगामी दिनमा कृषि उत्पादन गर्दा तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न आग्रह गर्दै आवश्यकता अनुसार कृषि ज्ञान केन्द्र कास्कीले सहयोग गर्ने बताए ।
यसै गरी कृषि ज्ञान कन्द्र कास्कीका बरिष्ट प्रशासन सहायक सोमलाल तिवारीले देउराली कृषक समूह कृषि ज्ञान केन्द्रसँग जोडिन सफल भएकोमा खुशी व्यक्त गर्दै निकट भविष्यमा डाँडा गाउँमा खाद्यपोषण सुधार कार्यक्रम, कृषि सहकारी मार्फत रैथाने बाली संरक्षण कार्यक्रलाई यस क्षेत्रमा गरिने बताए । आगामी दिनमा यस क्षेत्रको आवश्यकता अनुसारको कार्यक्रम सञ्चालन कृषि ज्ञान केन्द्रसँग समन्वय गर्न तिवारीले देउराली कृषक समूहलाई आग्रह गरे ।
पोखरा २८ का वडा सदस्य डाल्डा देवी भुजेलले देउराली कृषक समूहले गरेका कार्य प्रति आफू प्रभावित भएको बताउँदै यो समूह कृषि क्षेत्रमा अग्रणी भूमिकामा रहेको बताइन् । वडा सदस्य भुजेलले आगामी दिनमा महिलाले आफ्नो अधिकारलाई सही रुपमा प्रयोग गर्दै समूह मार्फत सभ्य समाज निर्माणमा लाग्न सुझाव दिइन् ।
यसै गरी आइ पि एम सहजकर्ता मुक्ति नाथ पौडेलले बालीनालीमा लाग्ने शत्रुजिवहरु वतावरणलाई दुषित नपार्ने गरी विभिन्न विधिहरुको प्रयोग गरी व्यवस्थापन गर्न समूहलाई आग्रह गरे । तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्दै सके व्यवसायिक रुपमा नसके पनि आफ्नो घरको करेसा बारीमा भए पनि स्थानीय तहमा उपलब्ध कम्पोष्ट मलको प्रयोग गर्दे कृषि उत्पादन गर्न पौडेलले आग्रह गरे ।
समूहका अध्यक्ष शानित ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समूहकी सचिव राधिका तिमिल्सिनाले स्वागत गरेकी थिइन भने समूहकी कोषाध्यक्ष सिर्जना तिमिल्सिना तिवारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रममा समूहद्धारा आइ पि एम सम्बन्धि सचेतनामुलक गीत एवम् नाटक समेत प्रस्तुत गरिएको कोषाध्यक्ष तिवारीले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्