पोखराको विराउटा, चाउथे , रत्न मन्दिर र तालचोकमा बम डिस्पोज (अपडेट)

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखराको विराउटा, चाउथे , रत्न मन्दिर र तालचोकमा बम डिस्पोज (अपडेट)
लेखनाथ, १० असार ।
विपल्व नेतृत्वको माओवादीले आवाहन गरेको नेपाल बन्दमा पोखराको विभिन्न स्थानमा वम निस्कृय पारिएको छ । पोखराको काली भन्ज्याङको डिस्पोजल टोलीले पोखरा महानगरपालिका २७ तालचोक स्थित हमाल चोक र सोही स्थानको अलि तल दुइ वटा बम निस्कृय पारेको छ । तालचोकको हमालचोकमा राती ९ बजे सकेट बम फेला परेको थियो शंकास्पद बस्तु देखे पछि स्थानियले सुरक्षा निकालाइ खबर गरेका थिए भने कुनै अप्रिय घटना भने नघटेको प्रहरीले जानकारी दिएको छ ।
यसै गरी पोखराको चाउथेमा पनि सोही डिस्पोजल टोलीले प्रेसर कुकर बम निस्कृय पारेको छ । त्यस्तै पोखराको पार्दी विराउटामा रहेको खाद्यान्य गोदाम भवन नजिकैको सडकमा सुतली बम निस्कृय पारिएको बताइएको छ । यसै गरी पोखराको रत्न मन्दिरमा पनि बम निस्कृय पारिएको सुरक्षा निकायले जानकारी दिएको छ ।
विपल्व नेतृत्वको माओवादीले आवाहन गरेको नेपाल बन्दका कारण उद्योग कल कारखानाा, शिक्षण संस्थाहरु, पसल खुलेका छैनन् । छोटो दुरीका भाडाका सबारी साधनहरु सन्चालनमा आएका छैनन् । राजमार्गमा वन्दकर्ताहरुको उपस्थिति नदेखिएता पनि चोक चोकमा सुरक्षा निकायको भने वाक्लो उपस्थिति रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्