पोखरा २९ पुर्ण खोप वडा घोषणा

गाउँले मिडिया
  • ख-
  • ख+

बैशाख ३१, लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नं २९ लाई पुर्ण खोप वडा घोषणा गरिएको छ । सोमवार एक कार्यक्रमका विच वडाका सवै बालबालिकालाई पुर्ण खोपका मात्र प्रदान गरिएकाले पुर्ण खोपको वडा घोषण गरिएको हो ।
वडाले चालु आर्थीक वर्षको १५ महिनामा वडा भित्र रहेका १६ देखि ५९ महिनाका सात सय १८ जना र १५ महिनासम्मका दुई सय आठ वालवालिको लागि आवस्यक पर्ने १३ प्रकारका खोपको मात्र पुरा गरेकाले पुर्ण खोप सुनिश्चितता तथा दिगोपन वडा घोषणा गरिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थे महाशाखका जनश्वास्थे निरिक्षक महेन्द्र गुरुङले वडा अध्यक्ष श्रीप्रसाद गुरुङलाई पुर्ण खोप सुनिश्चिताको प्रमाण पत्र प्रदान गर्दै आगामी दिनमा सवै वालवालिकाको स्वास्थ्यलाई ख्यालमा राख्दै रोग लाग्नु पुर्व नै होशियारी अपनाउन पनि आग्रह गरेका थिए ।
वि स २०३४ साल देखि सुरु भएको राष्ट्रिय खोप अभियानलाई सफल पार्न स्वाथ्यकर्मी देखि स्वयमसेवीकाहरुले गरेको योगदानको उच्च कदर गर्दै सरकारले बैशाख महिनालाई खोप महिनाको रुपमा मनाउदै आएको र समयमा नै सवै वालवालिकाहरुलाई अनिवार्य रुपमा खोप प्रदान गर्नका लागि स्वाथ्य निरिक्षक गुरुङले अनुरोध गरेका थिए ।
सोही अवसरमा वडा अध्यक्ष गुरुङले वालवालिकाको मृत्यु दर कम गर्न र भोलीका वच्चालाई कसरी निरोगी बनाउन सकिन्छ भन्ने वारेमा वडा चिन्तनसिल भएकाले यसमा सवैको साथ र सहयोगको आवस्यकता रहेको बताएका थिए ।
कार्यक्रममा सहरी स्वाथ्य केन्द्रका प्रमुख विशाल पौडेल, वडा सचिव दुर्गा न्यौपाने, खोप समोन्वय समितिका सदस्य वावुराम सुवेदी,कार्यपालिका सदस्य निर्मला पौडेल,वडा खोप समोन्वय समिति पोखरा २९ की फोकल प्रसन सावित्रा लामिछाने,ब्यवस्थापन समितिका सदस्य चेत बहादुर गुरुङले बच्चा देखि आमाको स्वास्थ्यलाई समेत ख्यालमा राख्दै स्वास्थ्ये परमर्श र घर घरमा पुगेर समयमा नै खोप लगाउन सफल भएको बताएका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्