पोखरा २७ मा विद्यार्थीलाई निःशुल्क कम्प्यूटर तालिम

गाउँले मिडिया
  • ख-
  • ख+

जेठ ६ , लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ को शिक्षा समितिले एस इ इ दिएर वसेका विद्यार्थीहरुका लागि निःशुल्क कम्प्युटर तालिम दिने भएको छ ।
परिक्षा दिएर वसेका बिद्यार्थीहरुका लागि सिप मुलक शिक्षा तर्फ अग्रसर गराउने उद्धेश्यले वडा नं २७ को संयोजन र वडा नं २९,३०,३१ र ३२ को समन्वयमा १५ दिने कम्प्युटर र ब्यत्तित्व विकास तालिम दिन लागिएको हो ।
आईतवार देखि डायमण्ड माविमा सुरु भएको तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले वडाका शौक्षीक कार्यक्रमलाई शिक्षा समितिले प्रभावकारी तरिकाले अगाडी वढाउनका लागि वार्षिक योजना बनाएर अगाडी वढ्नु पर्ने आवश्यकता औल्याउदै विद्यार्थीको सिकाई समयानुकुल परिवर्तन हुनै पर्नेमा जोड दिएका थिए ।
सोही अवसरमा वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले भोलीको सुन्दर भविश्यका लागि आजै देखि मेहेनत र ध्यानपुर्वक तरिकाले सिकाईलाई प्रभावकारी वनाउन अनुरोध गरेका थिए ।
कार्यक्रममा लक्ष्मी आदर्श माविका प्रधानाध्यापक शिवमणि भण्डारीले अहिलेको अवस्थामा कम्प्युटर शिक्षा नजान्नु नेपालीमा क ख ग नजाने जस्तै हो भन्नु भएको थियो ।
पोखरा महानगरपालिका वडा नं २७ का शिक्षा समितिका संयोजक तथा वडाअध्यक्ष पुर्ण कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षा समितिका सदस्य तथा डायमण्ड मा विका प्रचार्य यम रोक्काले गरेका थिए भने कार्यक्रम संचालन वडा सदस्य जितेन्द्र क्षेत्रीले गरेका थिए ।
१५ दिन सम्म चल्ने तालिममा करिव दुइ सय ५० जना विद्यार्थीहरुले सेवा लिन सक्ने बताईएको छ ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्