पोखरा २८ मा कृषि यान्त्रिक र मौरी घार वितरण

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, ३ जेठ । पोखरा महानगरपालिका वडा नं.२८ ले वडा भित्रका कृषकलाई कृषि यान्त्रिक र मौरी घार वितरण गरेको छ ।
पोखरा महानगरपालिका वडा नं.२८ र पोखरा महानगर कृषि महाशाखाको समन्वयमा पचास प्रतिशत अनुदानमा २० वटा कृषि यान्त्रिक र १ सय वटा मौरी घार वितरण गरिएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले कृषि यान्त्रिकको प्रयोग गर्दै खेती योग्य बाँझो जमिनमा कृषि उत्पादन गर्नुपर्नेमा जोड दिए । कृषि उत्पादन मानव जातिको स्वास्थ्यसँग जोडिएको बताउँदै वडा अध्यक्ष लामिछानेले परम्परागत रुपमा प्रयोग गरिंदै आइएको प्राङ्गारिक मललाई प्रयोग गरी कृषि उत्पादन गर्न सके स्वास्थ्य जीवन यापन गर्न सकिने बताए । हरेक परिवारमा दुध उत्पादन गर्नुपर्ने बताउँदै वडा अध्यक्ष लामिछानेले खेती योग्य जमिनमा कृषि उत्पादन गर्दै तरकारी, फलफूल,मौरी लगायत कृषि उत्पादन बाट कृषकहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ कृषि कार्यक्रमलाई बढी जोड दिइएको स्पष्ट पारे ।


वडा अध्यक्ष लामिछानेले आफू निर्वाचित भएर आए पछि आफूले कृषिमा धेरै ध्यान दिएको बताउँदै हाल दैनिक ५ सय लिटर भन्दा बढी दुध निर्यात भएको जानकारी दिंदै यसले कृषकहरु थप उत्साहित भएको आफूले महशुष गरेको बताए । पोखरा २८ को रैकरमा र स्याङ्खुदीमा तरकारी संकलन केन्द्र सञ्चालन गरिएको जानकारी दिंदै पोखरा महानगर कृषि महाशाखाको एम्बुलेन्स मार्फत तरकारीको बजारीकरण गरीएको बताए ।

 

यसै गरी सोही कार्यक्रममा पोखरा महानगर कृषि महाशखाका प्रमुख मनोहर कडेरियाले पोखरा महानगरमै वडा नं.२८ वडामा कृषि कार्यक्रम उत्कृष्टि भएकोमा प्रशंसा गर्दै वडा कार्यालयलाई धन्यवाद दिएका थिए । पोखरा २८ मौरीको पकेट क्षेत्र पनि भएको बताउँदै प्रमुख कडेरीयाले मौरी पालन कार्यमा लाग्न कृषकलाई आग्रह गर्दै महानगर कृषि महाशाखाले सहयोग गर्ने बताए ।


यस्तै गरी वडा सदस्यहरु डाल्डा देवी भुजेल, बिरेन्द्र भण्डारी, वडा नं.२८ कृषि सञ्जालका सचिव माधव पौडेल लगायतले कृषिका बारेमा आ–आफ्नो धारणा राखेका थिए । कृषि सञ्जालका संयोजक लेखनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष राधिका पौडेलले स्वागत गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्