पोखरा २९मा महिला हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+

कास्की । पोखरा महानगरपालिका वडा नं.२९ मा वडास्तरीय महिला हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको वडा नं २९ को आयोजना र पोखरा महानगर सामाजिक विकास महाशाखाको आर्थिक सहयोगमा सम्पन्न भएको वडास्तरीय अन्तरआमा समूह हाजिरी जवाफ प्रतियोगतिामा जनप्रकाश आमा समूहले प्रथम स्थान हासिल गरेको छ ।

महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम अन्तरगत वडा नं २९ मा रहेका आमा समूहहरुको बीच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको कार्यक्रम संयोजक एवम् कार्यपालिका सदस्य निर्मला पौडेलले जानकारी दिईन् ।

वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ्गले पहिलो प्रश्न सोधेर कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा दोस्रो स्थान शिवेश्वर आमा समूहले तथा, तेस्रो स्थान सफल महिला कृषि समूहले हासिल गरे। नारी उत्थान महिला समूह र मिलिजुली आमा समूहले चौथो स्थान हासिल गरेका थिए ।

कार्यक्रम सञ्चालन कर्मचारी त्रिलोचन लामिछानेले तथा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन दीपशिखा सामुदायिक पुस्तकालयका कार्य समिति सदस्य बिष्णुहरि पौडेल तथा जनप्रकाश माविका शिक्षक शालिक सुवेदीले गरेका थिए ।

बिजयी प्रतिस्पर्धीहरुलाई कार्यक्रम संयोजक निर्मला पौडेलले पुरस्कार वितरण गर्दै आगामी कार्यक्रमहरुमा उत्साहजनक उपस्थितीका लागि आग्रह गरेकी थिइन् ।

जनप्रतिनिधि कालिदास पोखरेल, ओख्ले टोल विकास संस्थाका अध्यक्ष ठाकुर घिमिरेले शुभकामना दिएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्