हिस्टुन मधेश प्रदेशमा मनिकलाल शाहलाई संयोजकको जिम्मेबारी

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा , २५ पुष । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) केन्द्रीय संगठन विभागाले मधेश प्रदेश र यस अन्तरगतका जिल्लाहरुको संयोजक तोकी जिम्मेबारी प्रदान गरेको छ ।
बुधबार जुम प्रविधिको अनलाइन माध्यमबाट हिस्टुन केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष शत्रुघ्न मुखियाको प्रमुख आतिथ्यतामा हिस्टुन केन्द्रीय संगठन विभागबाट मधेश प्रदेश र यस अन्तर्गतका जिल्लाहरूको संयोजक तोकिएको हिस्टुन केन्द्रिय महासचिव एवम् केन्द्रिय संगठन विभाग प्रमुख शंकर तिवारीले जानकारी दिए ।
यसै गरी धनुषा जिल्लाको संयोजकमा प्रदीप कुमार शाह, सप्तरी जिल्लाको संयोजकमा रमानन्द चौधरी, सर्लाही जिल्लाको संयोजकमा दीपेन्द्र अधिकारी, सिराहा जिल्लाको संयोजकमा रामबाबु महासेठ,महोत्तरी जिल्लाको संयोज सेवन पोखरेल, रौतहट जिल्ला
संयोजक राजेश कुमार खड्का रहेका छन् भने बाँकी जिल्लाको संयोजक पछि चयन गरिने महासचिव तिवारीले जानकारी दिए ।
यस अघि अनलाइन जुम बैठकलाई सम्बोधन गर्दै हिस्टुन केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष शुध्न मुखियाले छनौट भएका प्रदेश संयोजक र जिल्ला संयोजकहरुलाई बधाई दिंदै शिक्षकहरुको पेशागत हकहितका जायज मागहरुलाई स्थापीत गराउन प्रदेश, जिल्ला र पालिकाको महत्वपूर्ण भुमिका हुने बताए ।
यसै गरी हिस्टुन केन्द्रिय महासचिव एवम् संगठन विभाग प्रमुख शंकर तिवारीले शिक्षकहरुका जायज माग सम्बोधनका लागि केन्द्रले राज्य र सरोकारवालसँग गरेका प्रयासका बारेमा जानकारी दिंदै शिक्षकहरुका जायज मागलाई स्थापीत गराइछाड्ने बताए । यसका लागि सबै शिक्षकहरु आ–आफ्नो स्थानबाट एक जृुट भएर पेशागत हकहितका लागि अन्तिम लँडाई लड्नु पर्ने बेला आएको बताउँदै सबै शिक्षकहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्