पोखरा २८ ठूलाकोट तीज गीत प्रतियोगिता सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, १४ भदौ । पोखरा महानगरपालिका वडा नं.२८वडा स्तरीय महिला सञ्जालको आयोजना र पोखरा २८ वडा कार्यालयको सहयोग र समन्वयमा दोस्रो खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा पोखरा २८ ठूलाकोट भैरवस्थानमा सम्पन्न भएको प्रतियोगितामा कालिका बोडिङ स्कुल प्रथम भएको हो ।
२६ वटा समूहको सहभागीता रहेको उक्त प्रतियोगितामा लाली गुराँस आमा समूह द्धितीय , जलदेवी आमा समूह (बेत्यानी) तृतीय र कालिका दिदी बहिनी समूह र दुष्टिबिहिन दिदी बहिनी समूह अम्मर सिंच चोक सान्त्वना भएका थिए । यस्तै गरी उत्कृष्ट नृत्यमा राधाकृण्ढा दिदी बहिनी समूहकी प्रभा पौडेल भएकी थिइन भने माझठानाको अन्नपूर्ण आमा समूह उत्कृष्ट भेषभुषा घोषित भएको थियो ।
प्रथम , द्धितीय , तृतीय र सान्तवनाले क्रमश ः १५ हजार र प्रमाण पत्र, १० हजार र प्रमाण पत्र, ७ हजार र प्रमाण पत्र, ४ हजार र प्रमाण पत्र प्राप्त गरेका थिए भने प्रथम पुरस्कारको प्रायोजन बुद्धि बहादुर नेपालीले गरेका थिए ।
त्यस्तै गरी उत्कृष्ट भेषभुषा २ हजार, उत्कृष्ट नुत्य २ हजार प्राप्त गरेका छन् ।
यसै गरी महिला समूह तर्फ रस्सी तान्ने प्रतियोगितामा प्रभावशाली आमा समूह प्रथम, चापाचौर आमा समूह द्धितीय र काउले आमा समूह तृतीय भएका थिए । प्रथम , द्धितीय र तृतीय हुने समूहलाई क्रमश ः ३ हजार , २ हजार र १ हजार पुरस्कार प्रदान गरिएको महिला सञ्जाल संयोजक एवम् कार्यक्रम संयोजक डाल्डा देवी भुजलले जानकारी दिइन् ।

महिला दिदी बहिनीले खुशी र विकासका गीत गाउनुपर्ने ः पाेखरा महानगर उपप्रमुख गुरुङ

सोही अवसरमा पोखरा महानगर उपप्रमुख मञ्जु देवी गुरुङले महिला दिदी बहिनीहरुले खुशी र विकासको गीत गाउनु पर्ने बताएकी छन् ।
पोखरा २८ वडा स्तरीय महिला सञ्जालले आयोजना गरेको दोस्रो खुल्ला तीज गीत प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख गुरुङले विगतमा महिला दिदी बहिनीहरुलाई अधिकार नहुँदा दुःख , पिर र वेदनाका गीत सुनिन्थ्यो तर अहिले फरक भएको बताउँदै गुरुङले महिला दिदी बहिनीहरुलाई अधिकार दिइएको बताइन् । महिलाहरुलाई निरासा नहुन आग्रह गर्दै कुनै समस्या भए आफू महिला दिदी बहिनीहरुका समस्या समाधान गर्न सदैव तत्पर रहेको बताइन् ।


युवाहरुको लागि पोखरा महानगरले व्यवसाय प्रवद्र्धन कार्यक्रम ल्याएको जानकारी दिंदे युवाहरुलाई स्वरोजगार बन्न आग्रह गरिन् । देश विकासका आधारशिला युवा भएको बताउँदै युवाहरुमा देश प्रति मायाँ हुने पर्नेमा जोड दिइन् । सरकारले पनि युवाहरुको चाहना र इच्छालाई पूरा गर्नुपने बताइन् ।


यसै गरी पोखरा महानगरपालिका वडा नं.२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले यस कार्यक्रमले नेपालीहरुको मौलिक संस्कृतिको संरक्षण गर्दै यस ऐतिहासिक ठूलाकोटमा पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यसै गरी मादी गाउँपालिका प्रमुख देवीजङ गुरुङ, पोखरा २८ महिला सञ्जाल संयोजक डाल्डा देवी भुजले ,नेपाली कांग्रेस महासमिति सदस्य कृष्ण केसी, नेकपा एमाले जिल्ला सचिवालय सदस्य बैन बहादुर गुरुङ, नेकपा माओवादी केन्द्र पोखरा महानगर समिति सदस्य सूर्य प्रकाश तिवारी, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, समाजसेवी हरि त्रिपाठी, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुली लगायतले हरितालिको तीजको शुभकामना दिंदै समग्र वडाको विकासमा सबै एक जुट हुनुपर्नेमा जोड दिंदै प्रस्तुत गरीएका गीत सन्देशमुलक भएको र सरोकारवाला सबैलाई सचेत गराएको बताए ।


कार्यक्रममा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकार रामजी पौडेल, सरस्वती लामिछाने र पुरण गुरुङले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । महिला सञ्जाल संयोजक एवम् कार्यक्रम संयोजक डाल्डा देवी भुजलद्धारा सञ्चालन गरिएको कार्यक्रमको स्वागत महिला सञ्जाल सह संयोजक एवम् कार्यक्रम प्रचार प्रसार संयोजक विष्णु सुवेदीले स्वागत गरेकी थिइन् भने वडा अध्यक्ष श्रीकृष्ण लामिछानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्