नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, ४ जेठ । पोखरा महानगरपालिका वडा नं.२८ स्थित रत्न शोभा माध्यमिक विद्यालयमा नव आगन्तुक विद्यर्थीहरुलाई एक कार्यक्रमका बिच स्वागत गरिएको छ ।
शैक्षिक सत्र २०८१ म बालविकास कक्षा देखि कक्षा ९ सम्म नयाँ भर्ना भएका विद्यार्थीहरुलाई शुक्रबार स्वागत गरिएको हो । शैक्षिक कार्यपात्रो अनुसार शुक्रबार सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य शिक्षक प्रतिनिधि यदुनाथ पाण्डेले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै विद्यार्थीहरु विद्यालयमा भर्ना भए पछि विद्यालयको निति नियम पालना गर्नुपर्ने बताए ।

विद्यार्थीहरुलाई बालमैत्री वातावरणमा शिक्षण कार्य गरिएको बताउँदै आगामी दिन विद्यार्थीहरुले अनुशासनलाई कायम राख्दै अध्ययन कार्य गरेमा सोच अनुसरको नतिजा हासिल गर्न सकिने शिक्षक पाण्डेले बताए ।

विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कक्षा १० का विद्यार्थी सबिन केसीले स्वागत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्