लायन्स क्लब अफ बेगनास तालनगरीको अध्यक्षमा सुवेदी

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, १५बैशाख । लायन्स क्लब अफ बेगनास तालनगरीको अध्यक्षमा अरुण चन्द्र सुवेदी सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल अन्तरगत रहेको बेगनास तानगरीको १० औं वार्षिक अधिवेशनले सुवेदीलाई क्लबका सबै सदस्यहरुको पूर्ण सहमतका साथ सुवेदीलाई आगामी लायन वर्ष २०२४/२५ का लागि निर्वाचित गरेको हो ।
यसै गरी क्लबको प्रथम उपाध्यक्षमा सपना सुवेदी, द्धितिय उपाध्यक्षमा धु्रवराज त्रिपाठी र तृतिय उपाध्यक्षमा विजयराज कंडेललाई सदस्यहरुले सर्वसम्मत रुपमा निर्वाचित गरेको निर्वाचन मण्डलका सदस्यएवम् क्लबका पूर्व अध्यक्ष शक्ति श्री तिवारीले जानकारी दिइन् ।
यसै गरी क्लबका सचिबमा वर्षा मगर, कोषाध्यक्षमा तारा सुवेदी, सह सह सचिवमा सुमन अधिकारी, सह कोषाध्यक्षमा बिमला सोती पौडेल सर्व सम्मत रुपमा निर्वाचित भएका छन् ।
त्यस्तै गरी क्लबको एल सि आइ एम कोअडिनेटरमा त्रिलोचन लामिछाने, एड्मिनिस्ट्रेडमा शक्ति श्री तिवारी, मेम्बरसिप चियर पर्सनमा सूर्य प्रसाद लामिछाने निर्वाचित भएका छन् ।
क्लबका अध्यक्ष त्रिलोचन लामिछानेको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा निवर्तमान अध्यक्ष बिदुर त्रिपाठी, संस्थापक अध्यक्ष ऋषिराम रानाभाट, पूर्व अध्यक्ष केशव राज तिवारी, शक्ति श्री तिवारी, पूर्व अध्यक्ष एवम् रिजन चियर पर्सन प्रभा भुजेल लगायतले नव निर्वाचित अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिंदै आगामी कार्यकालमा क्लबलाई उत्कृष्ट बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै गरी नव निर्वाचित अध्यक्ष अरुण चन्द्र सुवेदीले आफूले क्लबका सम्पूर्ण सदस्यहरुलाई समेटेर अगाढि बढ्ने बताउँदै आगामी कार्यकालको भावी योजनाका वारेमा चर्चा गरेका थिए । क्लबमा नयाँ सदस्य थप्न प्रयास गर्ने बताउँदै नव निर्वाचित अध्यक्ष सुवेदीले क्लबका पदाधिकारी एवम् पूर्व अध्यक्षहरुलाई सहयोग गर्न आग्ह गरेका थिए भने क्लबका सचिव सपना सुवेदीले कार्यक्रम सन्चालन गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्