कस्तुरी बहुउद्घेश्यीय सहकारी संस्थाका कर्मचारीको कोरोना विमा

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
पोखरा , ९ जेठ ।
पोखरा २७ तालचोकमा रहेको कस्तुरी बहुउद्घेश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना कर्मचारीहरुको कोरोना विमा गराएको छ ।

नेपाल लगाएत विश्व भरी नै कारोनाको संक्रमण संख्या बृद्धि भए सँगै आफ्ना कर्मचारीहरुको सुरक्षालाई ध्यानमा राख्दै कोरोना विमा गरिएको सहकारीका व्यवस्थापक अमृत अधिकारीले बताए ।

पोखराको बुद्धचोकमा रहेको सिद्धार्थ इन्स्योरेन्स शाखाले उक्त सहकारीका कर्मचारीहरुको कोरोना विमा गराएको हो । कर्मचारीमा कोराना पोजेटिभ देखिएमा विमा कम्पनीले ५० हजार रुपैयाँ तत्कालै भुक्तानी दिने गरी विमा गरिएको सिद्धार्थ इन्स्योरेन्स शाखाका शाखा व्यवस्थापक कमल हमालले बताए ।

कोरोना बिमा न्यूनतम ५० हजार र अधिकतम १ लाख रुपैयाँ सम्म गर्न सकिने र न्यूनतम विमा शुल्क प्रति व्यक्ति रु ३०० र अधिकतम विमा शुल्क प्रति व्यक्ति रु ६०० लाग्ने हमालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्