इच्छा भए काम गर्न उमेरले छेक्दैन

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, २४ फागुन ।
खोटाङ जिल्ला केपिलासगडी गाउँपालिका वडा नं.७ निवासी हर्क बहादुर राइ र उनकी श्रीमती खाइसुरा राइले विदेश भन्दा नेपालमै बसी धेरै काम गर्न सकिने र पैसा कमाउन सकिने बताएका छन् । खोटाङबाट २ वर्ष अघि पोखरा महानगरपालिका वडा नं.२६ वुढिबजार आइ वसोवास गरेका दम्पती राइका ३ छोरा १ छोरी छन् । ७५ वर्षका हर्क बहादुर राइ र ६७ वर्षकी उनकी श्रीमती आफ्नो काम आफै गर्नु पर्ने बताउँछन् । ५ जना छोराहरु मध्ये ३ जना जिवीत छोराहरु रहेको राइले बताए । काइँलो छोरा लाहुरे र २ जना छोरा ठेक्का पट्टा गरेको उनले बताए।
परिवारमा बुढाबुढी मिलेर काम गरे देखि मेलमिलाप हुने दम्पती राइ बताउँछन् । २६ वर्षको उमेरमा विवाह गरेका राइले करिव ८ वर्ष इन्डिया आर्मिमा जागिर खाएको आफ्नो अनुभव सुनाउादै भने बुबाको मृत्युपछि घर ढलेको आफ्नो अतितलाइ सम्झिदै उनले बताए । पहिलाको र अहिलेको धेरै फरक भएको बताए । विवाह गर्ने समयमा बुढा बुढी घरायसी काममा मात्र व्यवस्त रहेको भन्दै त्येती वेला आफुहरुलाइ केही था

ह नभएको बताउँदै अहिले नातीले सबै कुरा सिकाउने गरेको बताए। कामको शिलशिलामा विदेश गएका नेपाली दाजु भाइ दिदी बहिनीहरुलाइ स्वदेशमै बसेर केही काम गर्न आग्रह गर्दै नेपालमा नै बसी बसी पैसा कमाउन सकिने उनले बताए । विदेश नेपाल नै भएको बताउँदै आफुले खोटाङमा शुरुमा भेडा पालेको सम्झँदै अहिले आफुले मोडा बनाएर रु ३ सय देखि ५ सय सम्म बेच्ने गरेको बताए। मोडा , डोको वेच्न आफु कहि बजार लिएर जान नपरेको र मानिसहरु मोडा र डोको किन्न मानिसहरु घरमै आएर किनेर लाने गरेको उनले बताए ।
उनकी श्रीमतीले भने कुखुरा र गाइ पालेकी छन् ।

त्येती मात्र नभइ उनले आफूलाइ खानको लागि आलु, काउली, साग तरकारी पनि लगाएकी छन् । केही काम नगरी त्यसै बस्न मन नलाग्ने बताउँदै कसैले केही देला भनेर आस नगर्ने उनी बताउँछिन् । बिहान ४ बजे उठेर काम गर्ने बताउँदै उनी भन्छिन् आफ्नो जिविकोपार्जनका लागि आफ्नो काम आफैले गर्नुपर्दछ , अरु कसैको पनि भर पर्न नहुने उनी बताउँछिन् । ७५ वर्षका श्रीमान र ६७ वर्षकी श्रीमती विच अहिले सम्म कहिल्यै पनि झगडा नभएको पनि सुनाए । काम गर्दा कहिल्यै पनि सानो नहुने भन्दै श्रीमतीले सिकेको मोडा बनाउने तालिमबाट नै आफूले मोडा बनाउन शुरु गरेको र छोरा, छोरी , बुहारी , नाती नातीनी कसैको पनि भर नपरी अहिले बुढा बुढीको मिहेनतले नै जिवीकोपार्जन गरेको र अहिले दुवै जना खुशीसाथ जिवन विताएको दम्पती राइले गाउँले मिडियालाइ बताए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्