हाम्रो विद्यालय हामीले नै बनाउनु पर्छ ः पोखरा महानगर प्रमुख आचार्य ( फोटो सहित )

गाउँले मिडिया
  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले समुदायवाट संचालीत विद्यालय हाम्रा भएकाले हामीले नै वनाउनु पर्नेमा जोड दिएका छन् ।
पोखरा महानगरपालिका वडा नं २८ को माझठानामा रहेको रत्न शोभा माविको ६५ औं वार्षिकोत्सव, अभिभावक दिवस एवंम पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख आचार्यले जनस्तरबाट संचालित विद्यालय हाम्रा भएकाले यी विद्यालयको शौक्षक एवंम भौतिक विकासका लागि स्वयम हामीहरु नै उत्तरदायी हुनु पर्ने बताएका हुन् ।

६५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै पोखरा महानगर प्रमुख धन राज आचार्य

 

 

 

 

 

 

 

 

 

 

 

 

 

हाम्रा बिद्यालयलाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्ने वारेमा हामीहरुले नै योजना ल्याउने हो त्यसका लागि सुचना र प्रविधीको भरपुर्ण तरिकाले प्रयोग गरि समुदायिक विद्यालयमा विद्यार्थीको कमि हुनका कारणको खोजी गर्नु पर्ने अवस्था आएको बारेमा सोच विचार गर्नु पर्ने आवश्यकता समेत रहेको छ प्रमुख आचार्यको सुझाव थियो ।

पोखरा महानगरपालिकाले शैक्षिक सुधारका लागि सवै उत्तरदायी हुनु पर्छ भनेर ५५ वुँदे सुधारका योजना ल्याएको जानकारी गराउदै हामीले उत्पादन गरेको शैक्षीक जनशत्ति किन वाहिरीदै छन् यसका वारेमा सवैले समयमा नसोच्ने हो भने भविष्यमा यो भन्दा ठुलो समस्या सृजना हुनेतर्फ पनि प्रमुख आचार्यले संकेत गरेका थिए ।

सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछानेले विद्यालयको शैक्षिक उन्नयनका लागि राजनितिक आस्था भन्दा माथि उठेर सामुहिक रुपमा आगडि बढ्न सकियो भने समय सापेक्ष अनुसार स्वतः गुणस्तरिय शिक्षा कायम गर्न सकिने बताए ।

६५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै पोखरा २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछाने

कार्यक्रममा पुर्व विद्यार्थी डा.शान्ता खत्री र हरि वहादुर बुढाथोकीले विद्यार्थीहरुका लागि सृजनात्मक र प्रयोगात्मक शिक्षालाई पहिलो प्रथामिकता दिनु पर्ने सुझाव राखेका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानध्यापक गोपाल वहादुर वुढाथोकीले विद्यालयको प्रगति विवरण र भावी योजनाका बारेमा जानकारी गराएका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

विविध सास्कृतिक कार्यक्रमका साथै विभिन्न विधामा सम्मान गरिएको कार्यक्रममा पुर्व विद्यार्थी मञ्चका संयोजक सुक्र शर्मा, लेखनाथ सामुदायिक कृर्षि सहकारीका अध्यक्ष मेजर रामप्रसाद गुरुङ, दोहोरी गायक चोलेन्द्र पौडेल, ज्योती लोहनी, पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुर्य प्रकाश तिवारी, मोहन गुरुङ, पुर्व प्रअहरुको तर्फबाट मिनराज अधिकारी, पुर्व शिक्षक श्याम बहादुर के सी, नेपाली काग्रेस वडा नं २८ का सभापति विश्वरमण अधिकारी, नेकपा एमाले वडा नं २८ का अध्यक्ष रामकृष्ण तिवारी र राप्रपा जिल्ला सह सचिव कृष्ण तिवारी लगायतले आ–आफनो धारणा राखेका थिए ।


विद्यालयका शिक्षक ऋषिराम रानाभाट र पुर्ण बहादुर खत्रीले संचालन गरेको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द लामिछाने, विद्यालयका साहायक प्रअ उदयराज ओझा र विद्याथी स्मृती वुढाथोकीले स्वागत मन्तव्य राखेका थिए भने विद्यालयमा अध्ययन गरी विद्यावारिधी गरेका डा.शान्ता खत्री , डा. बिरेन्द्र बाबु अधिकारी , ग्रिन डेभलोपमेन्ट बैंकका कार्यकारी प्रमुख हरि बहादुर बुढाथोकी र शिक्षक भागिरथी देवी ढकाललाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले जानकारी दिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्