वेगनासतालमा महाआरती शुभारम्भ ( with video)

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
लेखनाथ, भदौ २ ।
पोखरा महानगपालिका वडा नं.३१ वेगनासताल स्थित मन्दरे पार्कमा महाआरती भदौ १ गते देखि शुभारम्भ गरिएको छ । प्रमुख अतिथि पोखरा महानगरपालिका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक मन्जुदेवि गुरुङले नेपालीको धर्म संस्कृतिको संरक्षण एवम् सम्बद्र्धनका निम्ति आयोजना गरिएको महाआरतीले यस वेगनासताल क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिन् । शुभारम्भ गरिएको महाआरतीमा आफ्नो सदैभ साथ र सहयोग रहने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

यसै गरी साकाहारी समाजका केन्द्रिय अध्यक्ष ऋषिराम रापकोटाले वैदिक सनातान धर्म मानव सभ्यता सँर्गै सुरु भएको र यो वैदिक सनातान धर्म अन्तर्गत सबै धर्महरु समाबेस हुने र यस्ता धार्मिक कार्यक्रमले नेपाली समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै धार्मिक कार्यक्रमले सबै जात जाती नेपालीलाइ एक ठाउँमा ल्याउन सहयोगी सिद्ध हुने दाबी गरे ।

यसै गरी शाकाहारी समाज नेपाल पोखरा महानगर समितिका अध्यक्ष राम मणीअधिकारीले यस वेगनासताल क्षेत्रको धार्मिक तथा पर्यटकिय विकास गर्ने उद्धेश्यका साथ महाआरती शुभारम्भ गरिएको जानकारी दिंदै आगामी दिनमा पनि यस क्षेत्रमा रहेका विभिन्न सामाजिक तथा धार्मिक संघ संस्थाहरुको समन्वयमा प्रत्येक महिनाको १ गते महाआरती गरिने बताए। माहाआरती कार्यक्रममा मोहोरीय भजन समूह , काउराको वोटको भजन समूह लगाएत विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरु, सामाजिक व्यक्तित्वका साथै धर्मालम्बिहरुको उपस्थिति रहेको थियो भने शाकाहारी समाज पोखरा महानगर समितिका सदस्य कृष्ण प्रसाद ढुंगानाले कार्यक्रम सन्चालन गरेका थिए ।

 

 

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्