वडा कार्यालयबाट विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, १९ चैत्र । पोखरा महानगरपालिका वडा नं.२८ वडा कार्यालयले एक सामुदायिक विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरको छ ।
पोखरा २८ माझठाना स्थित रत्न शोभा माध्यमिक विद्यालयलाई सोमबार ४ थान प्रोजेक्टर हस्तान्तरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेना , प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकी र शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्द लामिछानेलाई संयुक्त रुपमा उक्त प्रोजेक्टर हस्तान्तरण गर्दै वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले समय सापेक्ष अनुसार शिक्षण सिकाईलाई प्रविधको माध्यमबाट अध्यापन गराउन सरोकारवालाहरुको सल्लाह सुझाव अनुसार प्रोजेक्टर हस्तान्तरण गरिएको स्पष्ट पार्दै आगामी शैक्षिक सत्र २०८१ देखि यस विद्यालयमा प्रविधिको माध्यमबाट पठनपाठन गराउँदै मल्टिमिडियाले थप गुणस्तरीय शिक्षामा बृद्धि गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।
वडा अध्यक्ष लामिछानेले विगतका वर्षहरुमा यस विद्यालयालाई यहाँ सम्म ल्याउन सरोकारवालाहरुले गरेको चन्दा दान एवम् श्रमदानको स्मरण गर्दै आगामी शैक्षिक सत्रमा पनि यस विद्यालयलाई थप उचाइमा पु¥याउन सरोकारवाला सबैलाई सल्लाह , सुझाव र सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा वडा सदस्य एवम् पोखरा महानगर शिक्षा समितिका सदस्य डाल्डा देवी भुजेल, वडा सदस्य कमल थापा, वडा सदस्य बिरेन्द्र भण्ढारी, वडा शिक्षा समितिका सदस्य एवम् ग्रिन डेभलोपमेन्ट बैंक पोखराका प्रमुख कार्यकरी अधिकृत हरी बहादुर बुढाथोकी , शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्