बेगनासताल मन्दरेपार्कमा माछाको सेल्फी जोन निर्माण

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, १७ बैशाख । पोखरा महानगरपालिका वडा नं.३१ बेगनासतालको मन्दरेपार्कमा माछाको सेल्फी जोन निर्माण गरिएको छ ।
बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाले ताल भन्दा केही माथी उठाएर उक्त माछाको सेल्फी जोन निर्माण गरेको हो । बेगनासतालको पहिचान झल्किने गरी निर्माण गरिएको उक्त संरचनाको माथि सहर र असला माछाको प्रतिविम्ब, दायाँ वायाँ पानीको फोहोरा राखीएको छ ।
यस क्षेत्रको धार्मिक, पर्यटन तथा आर्थिक विकासमा टेवा पुग्ने उद्धेश्यका साथ सेल्फी जोन निर्माण गरिएको वेगनासताल संरक्षण मञ्चका अध्यक्ष एवम् सेल्फी जोन निर्माण समितिका संयोजक कृष्ण प्रसाद ढुङ्गानाले बताए ।
लम्जुङ जिल्ला लक्ष्मी बजार निवासी रद्धी मियाँद्धारा निर्माण गरिएको उक्त सेल्फी जोनको औपचारिक रुपमा निकट भविष्यमा उद्घाटन गरिने समितिका कार्यवाहक अध्यक्ष मित्रलाल भण्ढारीले बताए ।
बेगनासताल क्षेत्रको धार्मिक तथा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले संस्थाले ९ लाख ६५ हजार लागतमा सो माछाको सेल्फी जोन निर्माण गरेको कोषाध्यक्ष गंगाराम सुवेदीले जानकारी दिए ।
यस सेल्फी जोनले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गर्ने विश्वास व्यक्त गर्दै कोरानाले थला परेको व्यपार व्यवसायलाई विस्तारै वृद्धि गर्ने अपेक्षा रहेको समितिका सचिव शान्ति खनालले बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्