ग्रील तथा स्टील व्यवसायीहरुको फुटबल प्रतियोगितामा सानो भ¥याङ ठूलो भ¥याङ इकाई विजयी

गाउँले मिडिया
  • ख-
  • ख+

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्वि क्षेत्रिय समितिको आयोजनामा भएको मैत्रिपूर्ण ग्रील तथा स्टील व्यवसायी फुटबल प्रतियोगिता २०८० को पहिलो उपाधि संघको काठमाडौं पश्चिम क्षेत्र अन्तरगत रहेको सानो भ¥याङ ठूलो भ¥याङ इकाई समितिले जितेको छ ।
ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्वी क्षेत्र अन्तरगत रहेको कपन इकाईसँग भएको फाइनलमा कपनलाई हराउँदै सानो भ¥याङ ठूलो भ(याङ इकाई समितिले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
प्रतियोगिताको प्रथम हुने टिमलाई पैतिस हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको थियो भने दोस्रो हुने टिमलाई बीस हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको थियो ।
प्रतियोगितामा ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं मातहतमा रहेका १४ वटा इकाई समिति, दुई वटा क्षेत्रिय समिति, काठमाडौं जिल्ला समिति र ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल तथा ललितपुर जिल्ला समिति सहित गरि १५ टिमको सहभागिता रहको थियो ।
प्रतियोगिता बुढानीलकण्ठ नगरपालिका कपन, बालुवाखानीमा रहेको कपन स्पोर्टसको फुटसल ग्राउण्डमा सञ्चालन भएको हो । प्रतियोगितामा धेरै टिम सहभागि भएकोले नकआउटको आधारमा खेल खेलाइएको थियो । जम्मा १५ खेलमा प्रतियोगिता सम्पन्न भएको प्रतियोगिताका व्यवस्थापक महेश श्रेष्ठले जानकारी गराउनु भएको छ ।
प्रतियोगिताको पूर्ण व्यवस्थापनको जिम्मा महेश श्रेष्ठले लिनुभएको थियो भने प्रतियोगिता अन्तरगतका सबै खेलहरुमा सिनियर ९मुख्य० रेफ्रीको रुपमा उत्तरकुमार सुनारले भूमिका निर्वाह गर्नुभएको थियो ।
ग्रील तथा स्टील व्यवसायीहरुमा पनि खेलकुद प्रति सकारात्मक भावना जागृत होस भनेर प्रतियोगिता आयोजना गरिएको हुँदा यसलाई निश्पक्ष र मैत्रीपूर्ण बनाउन आयोजक पक्षले महत्वपूर्ण र पारदर्शी भुमिका खेलि रहेको आयोजक संस्थाका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले बताउनुभएको छ ।
खेलमा जोरपाटी (क) र सानो भ(याङ, कपन र नारायाणथान (क), ३५ वडा र नारायणथान (ख), चुच्चेपाटी र जोरपाटी (ख) बीच खेल भई नक आउटको आधारमा सेमि फाइनल र फाइनल खेल भएको थियो । जोरपाटी (क) लाई हराउँदै सानो भ(याङ, नारायाणथान (क) लाई हराउँदै कपन, नारायणथान (ख) लाई हराउँदै ३५ वडा ईकाई र चुच्चेपाटीलाई हराउँदै जोरपाटी (ख) क्वाटर फाईनलमा पुगेकोमा सानो भ¥याङ र जोरपाटी (ख) तथा कपन र ३५ वडा इकाई बीच सेमिफाइनल हुँदा जोरपाटी (ख) लाई हराउँदै सानो भ¥याङ र ३५ वडा इकाईलाई हराउँदै कपन इकाई फाइनलमा प्रवेश गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्