मुख सम्बन्धि स्वास्थ्य शिवीर सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, १७ असोज । राइट फर चिल्ड्रेन पोखरा कास्कीको आयोजनामा एक दिने निःशुल्क मुख सम्बन्धि स्वास्थ्य शिवीर बुधबार सम्पन्न भएको छ ।

वालमैत्री परियोजना अन्तरगतका विद्यालयहरु मध्य पोखरा महानगरपालिका वडा नं.२८ स्थित रत्न शेभा माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु तथा शिक्षकहरुको मुख सम्बन्धि स्वास्थ्य परिक्षण गरिएको हो ।

डेन्टर हाइजिनिस्ट नारायण वाग्लेको नेतृत्वमा रहेको प्राविधिक टोलीले १ सय ७० जनाको स्वास्थ्य परिक्षण गरेको हो । विशेष गरी विद्यार्थीहरुको दाँतमा देखिने समस्या पहिचान गरी उनीहरुलाई सचेत गराउने उद्धेश्यका साथ स्वास्थ्य शिवीर सञ्चालन गरिएको राइट फर चिल्ड्रे कास्कीका फिल्ड संयोजक विष्णु प्रसाद अधिकारीले बताए ।

उनका अनुसार अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमा दाँत सँग सम्बन्धि समस्या देखिएको बताउँदै दाँतमा किरा लाग्ने , दाँत माझ्ने तरीका लगायतका विषयमा सचेतना गराउँदै वालमैत्री परियोजना अन्तरगतका सामुदायिक विद्यालयहरुमा मुख सम्बन्धि स्वास्थ्य शिवीर गरिएको अधिकारीले बताए ।

विद्यालयका सहायक प्रधानाध्यापक उदय राज ओझाले राइट फर चिल्ड्रे कास्कीले विद्यालयमा स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेकोमा धन्यावाद दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्