शिशुवा मिसा पूचको दोस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसन सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, १४ चैत ।
पोखरा ३० शिशुवा मिसा पुचको दोस्रो वार्षिक साधाण सभा तथा अधिवेसन विहिबार सम्पन्न भएको छ । अधिवेसनले इन्द्र ताम्रकारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । यसै गरि सर्वसम्मत रुपमा चयन भएका उपाध्यक्षमा सुभद्रा ताम्रकार, सचिवमा संगीता श्रेष्ठ, कोषाध्यक्षमा पुष्पा श्रेष्ठ, सह सचिवमा कर्मिला श्रेष्ठ चयन भएका छन् । यसै गरी सदस्यहरुमा संगिता ताम्रकार, गिता कायस्थ, अमृता श्रेष्ठ, शोभा श्रेष्ठ, सुनिता ताम्रकार, विमला श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् ।
यसै गरी सोही अधिवेसनले आशा कुमारी श्रेष्ठ, नानिमायाँ श्रेष्ठ, सरीता श्रेष्ठ, भुवन श्रेष्ठ, भैरब लाल श्रेष्ठ, अर्जुन ताम्रकार, राजकुमार श्रेष्ठ, कृष्ण कतिला, हर्क बहादुर श्रेष्ठ, अर्जुन कतिलालाइ सल्लाहकारममा चयन गरिएको छ । निवर्तमान अध्यक्ष आसमायाँ श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला मिसा पूचका उपाध्यक्ष मेनुका श्रेष्ठले आफ्नो रितिरिवाज , सस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नका लागि सबै महिलाहरु एक जुट हुनुपर्नेमा जोड दिइन् ।
यसै गरी जिल्ला नेवा खलका सदस्य एवम् शिशुवा नेवा खलका अध्यक्ष भुवन श्रेष्ठ, जिल्ला नेवा खलका सदस्य भैरब लाल श्रेष्ठ, लेखनाथ नेवा खलका उपाध्यक्ष राजकुमार श्रेष्ठ, शिशुवा नेवा खलका कोषाध्यक्ष अर्जुृन ताम्रकार, शिशुवा नेवा खलका सचिव कृष्ण कतिला, शिशुवा नेवा खलका सल्लाहकार हर्क बहादुर श्रेष्ठ लगाएतले नेवा खल मिसा पूच एउटा रथका दुइवटा पाङ्गा्र भएको र एक अर्कोमा समन्वय गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए भने निवर्तमान सचिव इन्द्र ताम्रकारले कार्यक्रम सन्चालन गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्