शिशुवा नेवाःखललाइ आर्थिक सहयोग

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

शिशुवा नेवाःखललाइ आर्थिक सहयोग
ऋषिराम रानाभाट
लेखनाथ, १७ बैशाख ।
पोखरा माहनगरपालिका वडा नं.३ निवासी चिरञ्जीवि द्धा, नाराण प्रसाद द्धा, ओम प्रसाद द्धा ले शिशुवा नेवा खलको भवन मर्मतका लागि एक कार्यक्रमका विच आर्थिक सहयोग गरेका छन् । एक लाखको चेक ग्रहण गर्दै शिशुवा नेवा खलका अध्यक्ष भुवन श्रेष्ठले सहयोगी दाता हरुलाइ धन्यवाद दिंदे शिशुवा नेवा खलले नेवारी समुदायलाइ गोलबद्ध गर्दै आफ्नो प्राचिनकाल देखि चलि आएको संस्कृति, रितिरिवाज परम्परालाइ संरक्षण र सम्बद्र्धन गरेको बताए ।
त्यसै गरी नेवा खलका सल्लाहकार हर्क बहादुर श्रेष्ठले सहयोगी मनहरुलाइ हार्दिक धन्यवाद दिंदै धेरै भन्दा धेरै सहयोगी हातहरुले शिशुवा नेवा खल यहाँ सम्म आउन सफल भएको र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए । यसै गरी सोही कार्यक्रममा लक्ष्मी प्रसाद द्धाले रु २५ हजार सहयोग गरेको नेवा खलका अध्यक्ष भुवन श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्