विप्लवको क्रियाकलाप आतंकवादी नै पुष्टि भयो : सरकारका प्रवत्ता बाँस्कोटा

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

माघ २,  काठमाडौं । वर्तमान सरकारले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई आतंकवादी भएको बताएको छ। बिहीबार सरकारका प्रवत्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नियमित पत्रकार सम्मेलनमा विप्लवको पछिल्लो क्रियाकलापबाट विप्लव समूह आंकवादी भएको पुष्टि गरेको बताएका हुन्।

‘सिंहदरबार, मन्त्रिपरिषद् निवास, प्रधानमन्त्री निवास, शीतलनिवास नै त कब्जा भएको छैन,’ बाँस्कोटाले भने, ‘गतिविधि लुकेर भएको छ। त्यसैले त हामीले भनेका छौँ विप्लवको आंकवादी क्रियाकलाप हो। यसको तात्पर्य लुकेर छिपेर हमला गर्ने हो।  यसले उहाँहरूलाई राम्रो गर्दैन। हामीले जे भन्दै आएका थियौँ त्यो पुष्टि भयो।’ त्यस्तै उनले टेलिकमका टावररूमा जलाएर राम्रो नगरेको बताए।

यसअघि विप्लव समूहले बुधबार साँझ ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट गराएको थियो। विस्फोटबाट ढकालको कार लगयातमा क्षति पुगेको छ। ‘हाम्ले टावरमा हान्देऊ भनेका छैनौँ। उहाँहरूले त्यहाँ पनि हान्नुभएको छ। त्यो त जनताको सम्पत्ति हो। सरकारको होइन’ उनले भने।   उनले विप्लवले कब्जा गरेर केही पनि कब्जा नहुने पनि बताए। ‘सरकारले आफैँ छानविन गरिरहेको छ। त्यो जग्गा नेपालको हो नेपाली जनताको हो। त्यो जग्गा व्यक्तिलाई दिन सकिँदैन। जोसुुकै परे पनि,’ उनले भने, ‘सरकार आफैँले थाहा पाएर छानविन गरेको हो। चर्चामा आउन सार्वजनिक चासोको विषयलाई आक्रमण गरिएको हो।’   उनले विप्लव समूहलाई राजनीतिक प्रक्रियामा आउन पनि भनेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्