दीपक मनाङेविरुद्ध उजुरी दर्ता

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

माघ ८, काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेविरुद्ध उजुरी दर्ता भएको छ। अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले सांसद गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गरेका हुन्।

पोखरामा सुरु गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कपको उद्घाटन समारोहमा प्रतियोगिता आयोजक समितिका कोषाध्यक्षसमेत रहेका मिलन गुरुङलाई सांसद राजीव गुरुङले हिजो हातपात गरेका थिए। पीडित गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर हुँदा निजलाई ठाँडै पक्राउ गरी प्रचलित कानुनअनुसार हदैसम्मको सजाय गरी पाउँ भनी निवेदन दिएका छन्। पीडित गुरुङले उजुरी दर्ता गर्नुअघि पोखरामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक स्थलमा हातपात गरेको, विभिन्न आरोपहरू लगाएर आफनो चरित्र हत्या गरेको र आफनो जिउ धनको सुरक्षाको माग गदै मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गर्ने बताएका थिए।

यसैबीच सांसद गुरुङले अध्यक्ष मिलन गुरुङलाई झापड हान्नै पर्ने भएर हानेको प्रतिक्रिया दिएका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै मनाङेले ठगलाई सबक सिकाउन झापड हानेको प्रतिक्रिया दिएका हुन्। सांसद गुरुङले प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने, खेल मैदानको व्यवस्था नगरेको भन्दै मुक्का हानेको बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्