पोखरा ३२ मा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, २४ माघ ।

नरभक्षी चितुवाको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँकी नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको हो ।

बुवा दीपक र आमा अप्सरा विकले साँझ गाउँमा खेल्न गएकी पूजा साँझ ६.३० बजेसम्म पनि घर नफर्केपछि छोरीको खोजीमा निस्केका थिए । जनताको चौतारास्थित प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्ने क्रममा गाउँबाट केहीपर रहेको जङ्गलमा राति ९ वजे बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको थियो । बालिकको शव एउटा खुटृा छुटिृएको र घाँटिमा चिथोरेर छिया छिया भएको अवस्थामा घरभन्दा ३ सय मिटर तल जंगलमा भेटिएको हो । ‘भर्खरै स्कुलबाट आएर खाजा खाएपछि खेल्न जान्छु भनेर निस्केकी थिई, श्रीमान पनि कामबाट फर्किसक्नुभएको थियो, आएपछि सानी छोरी सपना दिदिकोमा टिभी हेरेर बसेकी छे, अहिले आउली नि भन्नुभयो, अबेरसम्म नआएपछि गाउँभरि सोधखोज गर्यौं । पछि यस्तो अवस्थामा भेटीयो’–आमा अप्सराले रुँदै भनिन ।
स्थानीय चन्द्रज्योति आधारभुत विद्यालय, डाँडागाउँ मा कक्षा ३ मा अध्यनरत बालिकालाई चितुवाले आक्रमण गरेर मारेपछि सिंगो वस्ती नै शोकमा डुबेको छ । गाउँको वरपर जंगल रहेकाले घटना दोहोरिन सक्ने भन्दै गाउँले त्रासमा रहेका वडाध्यक्ष अक्कल बहादुर कार्कीले बताए । घटना स्थलमा डाँडाको नाक प्रहरी चौकीका प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीको नेतृत्वको प्रहरी टोली साँझ नै पुगेको तियो भने स्थानीय, जनप्रतिनिधि र प्रहरी मिलेर चितुवाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
त्रसित स्थानीयले सरकारले पिडित बालिकाको परिवारलाई राहत र क्षतिपुर्ति दिन माग गरेका छन भने वस्ती नजिकै रहेको झाडी फाँडन् दिनुपर्ने वताएका छन । नजिकै विद्यालय रहेको र दैनिक ४०÷५० जना बालबालिकाहरु सोही बाटो भएर हिंडडुल गर्ने भएकाले उनीहरु असुरक्षीत रहेको वताउँदै नरभक्षी चितुवालाई नियन्त्रणमा लिन बन कार्यालय र प्रहरी प्रशासनसँग अनुरोध गरेका छन । पिडित परिवार र स्थानीयहरुसँग कुरा गर्दै डिभिजन बन कार्यालय कास्कीका अधिकृत रामकाजी श्रेष्ठले पिडित परिवारलाई तत्काल ५० हजार रुपैंया राहत स्वरुप प्रदान गरिएको र केही समयपछि बाँकी रकम गरी १० लाख रुपैंया क्षतिपुर्ति प्रदान गरिने वताए

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्