कस्तुरी बुहउद्धेशीय सहकारी संस्थाको अध्यक्षमा सिग्देल

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
लेखनाथ, २७ माघ ।
कस्तुरी बुहउद्धेशीय सहकारी संस्था लिमिटेडको प्रथम अधिवेशनले शिव सिग्देललाई चयन गरेको छ । सर्वसम्मत रुपमा चयन भएको उपाध्यक्षमा गंगा देवी कंडेल, सचिवमा अपिल सिग्देल, कोषाध्यक्षमा सिजन गुरुङ रहेका छन् । यसै गरी सदस्यहरुमा धर्मराज तिवारी, दिलिप सिग्देल, खड्क कुमारी आचार्य, इश्वरी प्रसाद सापकोटा, मिना कुमारी परियार, प्रतिक्षा अधिकारी रहेका छन् । त्यस्तै गरी अधिवेसनले धनन्जय कंडेलको अध्यक्षमा लेखा समितिको समेत चयन गरेको छ भने ओम प्रकाश गिरी र शोभा अधिकारी सापकोटा रहेका छन् ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका अध्यक्ष तेज नारायण अधिकारीले सहकारीले वचत मात्र संकलन नगरी आय आर्जनमा लगानी गर्नुपर्नेमा जोड दिए । यसै गरी वडा नं.२७ का वडा अध्यक्ष सहकारीले समाज र राष्ट्रलाई गरेको योगदानको चर्चा गर्दै आगामी दिनमा यो सहकारी संस्था समाज रुपान्तरणमा अघि वढ्न शुभकामना व्यक्त गरे । तदर्थ समितिका अध्यक्ष शिव सिग्देलको प्रतिवेदन, सचिव अपिल सिग्देल भावी कार्य योजना प्रतिवेदन एवम् कोषाध्यक्ष सिजन गुरुङको आर्थिक प्रतिवेदन अधिवेशनले सर्वसम्मत रुपमा पारित गरिएको उक्त कार्यक्रम संस्थाको अध्यक्ष शिव सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सन्चालन सचिव अपिल सिग्देलले गरेको कुराको जानकारी विजय राज कंडेलले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्