सिर्जनात्मक र असल विद्यार्थीको खाँचो : कलाकार श्रेष्ठ

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

माघ २९,  दाङ : दाङको  तुलसीपुरमा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयले २५ वर्षमा प्रवेश गरेको छ। २०५१ सालमा स्थापना भएको विद्यालयले विशेष समारोहको आयोजना गरेर रजत महोत्सव मनाएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले संस्थागत विद्यालयले सामाजिक दायित्व पूरा गर्न लागेकोमा धन्यवाद दिए।

उनले धेरै नम्बर ल्याउनेभन्दा सृजनात्मक र असल विद्यार्थीको खाँचो रहेको भन्दै विद्यालयले असल विद्यार्थी उत्पादनमा ध्यान दिनुपर्ने बताए। उनले सामाजिक कामले मानिसलाई समाजमा अगाडि बढाउनेसमेत बताए। बालबालिकाको काँधमा देशको भविष्य हुने भएको हुँदा उनीहरूलाई उचित शिक्षादिक्षाको आवश्यकता हुने समेत उनको भनाइ थियो। मानिसको जीवनमा आत्मविश्वास निकै महत्वपूर्ण कुरा भएको भन्दै आफूलाई हिँड्न नसक्ने रोग लागेको भए पनि आत्मविश्वासका कारण हिँडिरहेको समेत  बताए।

‘हिम्मत हार्‍यो भने सबै सकिन्छ’ उनले भने।  कार्यक्रममा बोल्दै विशिष्ट अतिथि साहित्यकार निलम कार्की निहारीकाले भोलि बालबालिका कस्तो हुने भन्ने विद्यालय कस्तो छ भन्ने कुराले निर्धारण गर्ने बताइन्। उनले बालबालिकालाई विद्यालयमा सृजनात्मक वातावरण निर्माणमा ध्यान दिनुपर्ने कुरामा जोड दिइन्। मदन पुरस्कार समेत प्राप्त साहित्यकार कार्कीले विद्यालयले गरेको परोपकारपूर्ण कामको समेत प्रशंसा गरिन्। २०५१ सालमा स्थापना भएको ज्ञानज्योति अहिले फाउन्डेसनका रुपमा रहेको छ। फाउन्डेसनअन्तर्गत दाङका विभिन्न स्थानमा १० वटा विद्यालयहरू सञ्चालन भइरहेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्