बुधबारको नेपाल बन्द हल्ला मात्रै – विप्लव माओवादी समर्थित अखिल क्रान्तिकारी

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, ६ फागुन । नेत्र विक्रम चन्द विप्लव समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले बुधबार भोलीको बन्द हल्ला मात्रै भएको विज्ञप्ती जारी गरेर जनाएका छन् ।

केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले जारी गरेको विज्ञप्तीमा नेपाल बन्दको बुधबार कुनै कार्यक्रम नभएको जनाएको छ । नेपाल बन्दको हल्ला चलेपनि बन्दको कार्यक्रम हाललाई नरहेको संगठनको विज्ञप्तीमार्फत बुझ्न सकिन्छ । १० दिने विरोध कार्यक्रममा बुधबार ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको विज्ञप्तीमा उल्लेख छ ।

विप्लव निकट विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा फागुन ७ गते ज्ञापनपत्र बुझाउने, ८ गते कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते विरोध प्रदर्शन, १३ गते मशाल जुलुस र १४ गते आम शैक्षिक हडताल गर्ने कार्यक्रम रहेको उल्लेख गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्