पोखरामा ‘कोरोना’ संक्रमितलाई राख्न ६० शय्याको ‘आइसोलेसन वार्ड’ तयारी अवस्थामा

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

पोखरा, फागुन २२ । पोखरामा चीनबाट फैलिएको ‘कोरोनाभाइरस’को प्रकोप भित्रिन नदिन सचेतना अपनाउन थालिएको छ ।

पर्यटकीय नगरीको रुपमा रहेको पोखरामा सचेतनामूलक कार्यक्रमका साथै उपचारको व्यवस्थापन सुरु गरिएको हो । अहिले विश्व नै कोरोनाभाइरसको महामारीबाट संत्रस्त बनेको छ । आत्तिइहाल्नुपर्ने अवस्था नभएपनि उच्च सतर्कता अपनाउनुपर्ने चिकित्सकले सुझाव दिँदै आएका छन् । संक्रमण फैलिए नियन्त्रण गर्न कठिन पर्ने भएकाले सचेतना अपनाउन आग्रह गरिएको हो ।

चिनियाँ पर्यटकसँगै अन्य मुलुकका पर्यटकको बाक्लो आउ–जाउ हुने हुँदा सुरक्षाका लागि सरकारीदेखि निजी क्षेत्रका अस्पतालहरुलाई समेत तयारी अवस्थामा राखिएको छ । कोरोनाभाइरससँग जोगिनका लागि डाक्टरको प्रत्यक्ष निगरानीसहित ६० शय्याको ‘आइसोलेसन वार्ड’ तयारी अवस्थामा राखिएको छ ।

पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानअन्तर्गत् क्षेत्रीय अस्पताल, चरक, मणिपाल, गण्डकी मेडिकल कलेजमा आइसोलेसन वार्ड तयार भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । ‘क्वारेन्टाइन’का लागि सम्भावित स्थलको खोजी भइरहेको जनाइएको छ ।

गण्डकी प्रदेश सरकारले आइसोलेसन वार्ड तयार भएका अस्पतालमा चिकित्सकको समूह बनाउने छ । अस्पताल र ल्याबका चिकित्सकलाई विशेष प्रकारको तालिम दिने व्यवस्थासमेत मिलाइएको छ । चीनसँग जोडिएको कोरला नाकाबाट गण्डकी प्रदेशको पर्यटकीयस्थल मुस्ताङ जिल्ला पनि सीमा जोडिएका कारण मुस्ताङमा ‘हेल्थ डेस्क’ राखेर स्वास्थ्य अवस्था बुझ्ने काम भइरहेको छ ।

पोखरा विमानस्थलमा पर्यटकको ज्वरो नाप्ने र स्वास्थ्य अवस्था बुझ्ने काम नियमित भइरहेको छ । हालसम्म यात्रीमा कुनै लक्षण देखिएको छैन । कोरोनाका कारण सर्वसाधारण भने त्रसित बनेका छन् । कोरोनाको त्राससँगै बजार पनि सुनसान बन्दै गएको छ ।

सपिङ मल, फिल्म हल, पर्यटकीयस्थल लेकसाइड, सभा–सभारोहमा कम उपस्थिति हुन थालेको छ । यस्तो अवस्थामा मेला, महोत्सव नगर्न र भीडभाडमा नजान कास्कीका प्रमुख जिलला अधिकारी रमेश केसीको आग्रह छ । औषधि पसलले मास्क तथा औषधिको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेच्न थालेपछि प्रशासनले निगरानी बढाएको जनाएको छ । सचेतना अपनाए यसबाट बच्न सकिने भएपनि सर्वसाधारणमा भने अनावश्यक त्रास फैलिएको देखिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्