कोरोनाविरूद्ध सरकार थप सक्रिय हुन जरूरी छ: राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

काठमाडौं , चैत १६। राष्ट्रियसभाका अध्यक्ष गणशेप्रसाद तिमल्सिनाले कोरोनाविरूद्ध सरकार थप सक्रिय हुन जरूरी रहेको बताएका छन् । आज एक अपिल जारी गर्दै उनले कोरोनाविरूद्ध सबैलाई एकजुट हुन पनि आग्रह गरेका हुन् ।

अहिले नेपाल सरकारले मुलुकलाई ‘लकडाउन’ गरी सम्पूर्ण नागरिकलाई घरभित्रै बस्‍न आह्वान गरेको र सरकारले आफ्नो तर्फबाट यसको रोकथाम, नियन्त्रण, परीक्षण, उपचारलगायतमा गरिरहेका पहल सकारात्मक भएको उनले बताएका छन् । ‘‘अत: यस रोगको पहिचान, परीक्षण र उपचार गर्न औषधि, प्रयोगशाला सामग्री र पीपीईलगायत सामानहरु देशभरका अस्पतालमा पर्याप्त मात्रमा उपलब्ध गराउन सरकारको थप सक्रियता जरुरी छ,’’ अध्यक्ष तिमल्सिनाले भनेका छन् ।

कोरोनाका कारण उत्पन्‍न विषम् परिस्थितिको सामना गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, आम सञ्चारमाध्यम, नागरिक समाज तथा सम्पूर्ण नागरिकको सकारात्मक भूमिका र साथ जरुरी रहेको उनले बतमएका छन् । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेका निर्देशन, आचारसंहिता, सावधानीका उपाय र आह्वानलाई परिपालना गरी रोगबाट सुरक्षित रहन तथा परिवार र समाजलाई सुरक्षित राख्‍न पनि उनले अनुरोध गरेका छन्।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड -१९ बाट हालसम्म विश्वभर ६ लाख ६४ हजारभन्दा बढी संक्रमित भएका छन् भने ३० हजार ८ सय जनाभन्दा धेरै नागरिकको निधन भइसकेको छ।

विश्वभरका करिब दुई सय देशमा फैलिएको कोरोना संक्रमणबाट नेपालमा पनि हालसम्म पाँच व्यक्तिमा संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै, विभिन्न देशमा रहेका नेपाली नागरिक पनि यस रोगबाट संक्रमित भएको खबरहरु आइरहेका छन्। विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि यस घातक रोगबाट उच्च जोखिम रहेको बताइरहेको भन्दै उनले उच्च सजकता र सतर्कता अपनाउनफ अपिल गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्