आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन लम्ब्याउनेबारे छलफल

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

शाख १४, २०७७ काठमाडाैं :  मन्त्रिपरिषद बैठक आज बस्दै छ। आज बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनका बारेमा निर्णय गर्ने छ।

प्रधानमन्त्री निवासमा आइतबार बस्ने बैठकले लकडाउनकाे बारेमा छलफल हुने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।  हिजो बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको  बैठकले लकडाउन हटाउन नहुने निष्कर्ष निकालेको हो।  समितिले अझै एकसाता लकडाउन लम्व्याउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

सरकारले  स्वरुप परिवर्तन गरेर भएपनि लकडाउन लम्व्याउने तयारी गरेको छ।  यसका साथै सरकारले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको रोक पनि जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ। अहिलेसम्म कोरोनाविरुद्ध सरकारले गरेको तयारी सफल भएको निष्कर्ष पनि निकालिएको छ।  त्यस्तै काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा लकडाउन खुकुलो नबनाउने बरु हिमाली जिल्लामा परीक्षणका रूपमा केही खुकुलो बनाउन सकिनेबारे छलफल भएको छ। कोरोना भाइरस फैलिन नदिन भन्दै सरकारले चैत ११ गतेदेखि नेपालमा लकडाउन गरिरहेको छ । यसअघि लकडाउन तीन पटकसम्म थपिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्