ललितपुर महानगरका सम्पूर्ण जनप्रतिनिधिको पीसीअर परीक्षण गरिने

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

 ५ जेष्ठ, ललितपुर । ललितपुर महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको पीसीआर टेस्ट गर्न स्वाब संकलन भएको छ ।

महानगरपालीकाले हिजो २९ वटै वडाका १ सय ४७ जना जनप्रतिनिधिको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको छ ।

कोरोना भाइरस संक्रमणको आशंका लागेका मानिसहरुको जाँच गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १ हजार ५० थान पीसीआर किट उपलब्ध भएपछि महानगरपालिकाले सबै जनप्रतिनिधिको पीसीआर टेस्ट गर्न लागेको हो ।

महानगरपालिकाकी उपमेयर गीता सत्यालले शनिबार स्वास्थ्यकर्मी र सफाईकर्मी गरी १ सय १९ जनाको आरडिटी र २ सय ११ जनाको पीसीआर परीक्षण भएको बताइन ।

उपमेयर सत्यालले जनप्रतिनिधिसँगै, महानगर भित्र कार्यरत पत्रकार, फलफुल व्यवसायी, ग्यास डिलरहरुमा काम गर्ने व्यक्तिहरुको पनि पीसीआर र आरडिटी परीक्षण गर्न लागिएको बताइन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्