कोरोनाबाट मृत व्यक्तिको शव लेखनाथमा गाड्न स्थानीयद्धारा अवरोध

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

लेखनाथ, ११ असार ।
कोरोना भाईरसको संक्रमणबाट मृत व्यक्तिको शव गाडन नदिन भन्दै पोखरा महानगरपालिका वडा नं. ३२ का स्थानियले टायर बालेर बवरोध गरेका छन् ।

कोरोनाका कारण पोखरामा मृत्यू भएको व्यक्तिको शव तल्लो गगनगौंडा क्षेत्रमा पर्ने लामतरा स्थित सेती नदि किनारमा गाड्नका लागि जेसिभि लगेर खाल्डो खन्दै गरेको स्थानियले थाहा पाएपछि उनीहरुले उक्त घाट क्षेत्रमा जाने बाटोमा अवरोध गरी टायर बालेर विरोध प्रर्दशन गरेका हुन ।

कोरोना महामारीको जोखिम वढिरहेका बेला अन्य क्षेत्रका मानिसको शव आफ्नो क्षेत्रमा ल्याएर गाड्न लागिएको र यसले स्थानियस्तरमा कोरोनाको त्रास वढेको भन्दै कुनै पनि हालतमा आफ्नो क्षेत्रमा शव गाड्न नदिने स्थानीयको अडान रहेको छ ।

खाल्डो खनिएको ठाउँ र जेसिभिको सुरक्षाको लागि प्रहरी खटिएको छ भने उक्त ठाउँमा जान स्थानियलाई रोक लगाईएको छ । आन्दोलित स्थानियहरुले राजमार्ग नजिकै घाटतर्फ जाने बाटो अवरोध गरी प्रर्दशन गरिरहेका छन ।

मधुमेह, श्वासप्रश्वास लगायतका समस्याका कारण असार ८ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा  भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षीय एक पुरुषको बुधबार राति उपचारकै क्रममा मृत्यु भएको थियो ।

योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या गण्डकी प्रदेशमा २ पुगेको छ । यसअघि पनि स्याङ्जाकै ६० वर्षीय एक पुरुषको उपचारकै क्रममा मृत्यु भएको थियो । उनको गत जेठ २५ मा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै मृत्यु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्