रत्न शोभामा नयाँ चार कोठे पक्की भवन शिलन्यास

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
पोखरा, १६ साउन ।
पोखरा महानगरपालिका वडा नं.२८ माझठाना रैकर स्थित रत्न शोभा माध्यमिक विद्यालयमा चार कोठे पक्की भवन, खानेपनाी टयांकी र शोचालयको शिलन्यास गरिएको छ । कास्की जिल्ला क्षेत्र नं.१ संघीय सांसद एवम् पूर्व जनसंख्या तथा स्वास्थ्यमन्त्री खगराज अधिकारीले एक कार्यक्रमका विच शिलन्यास गर्नु भयो ।
नेपाल सरकार राष्ट्रिय पून निर्माण प्राधिकरण केन्द्रिय आयोजना अन्तर्गत भवन निर्माण शिलन्यास कार्यत्रममा अधिकारीले विद्यालयमा गुणस्तरीय शिक्षालाई मध्येनजर गर्दै समय सापेक्ष अनुसार स्वदेश तथा विदशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनु भयो । साथै गुणस्तरीय शिक्षाका लागि आवश्यक भौतिक निर्माण भवन, खानेपानी टयाँकी, शौचालयमा समयमा नै निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गर्नु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नंं.२८ का वडा अध्यक्ष निर्मल दियालीले सबै नागरीक समाज, बुद्धिजीवि, विभिन्न संघ संस्थाहरुले सकारात्मक सोच राखी सहोग गरेमा वडामा हुने विभिन्न विकास निर्माणका कार्यहरु समयमै सम्पन्न हुने कुरा व्यक्त गर्नु भयो । साथै उहाँले आलोचना भन्दा रचनात्मका सहयोग गरी विद्यालयमा निर्माण गर्न लागिएको चार कोठे पक्की भवन समयमै सम्पन्न र्गुपर्नेमा जोड दिनु भयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य लालमोहन तिवारीले स्वागत एवम् कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो भने व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङले विद्यालयमा रहेको जिर्ण अवस्थामा रहेको भवनलाई विस्थापित गरी समय सापेक्ष अनुसारको चार कोठे भवन निर्माण कार्य सुरु भएकोमा खुशी व्यक्त गर्दै सांसद अधिकारीको पहलकदमीबाट विद्यालयमा पक्की भवन निर्माण कार्यको योजना छनोट भएको धन्यवादन ज्ञापन गर्नु भएको थियो भने विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले कार्यक्रम सन्चालन गर्नु भएको कुरा पुजारी मेघनाथ आचार्यले जानकारी दिनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्