कक्षा ११ परीक्षा सञ्चालन सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

ऋषिराम रानाभाट
पोखरा, १६ साउन ।
कोभिड १९ का कारण रोकिएको कक्षा ११ को परीक्षा सञ्चालन सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश हिस्टुनले आयोजना गरेको उक्त कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश परीक्षा व्यवस्थापन कार्यलयका निर्देशक नारायण श्रेष्ट, कास्की जिल्ला समन्वय इकाइका प्रमुख नारायण प्रसाद सुवेदीले राष्ट्रिय परीक्ष बोर्डले तय गरेको परीक्ष सञ्चालन सम्बन्धि कार्यविधि भित्र रहेर प्रश्न पत्र निर्माण, परीक्षा व्यवस्थापन, उत्तरकुञ्जिका निर्माण, उत्तरपुस्तिका परिक्षण लगाएत परीक्षा सम्ब्न्धिक कुराहरु सम्पन्न गरी परीक्षालाई विश्वसनियता बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।
अनलाईन जुम प्रविधि मैत्रि माध्येमबाट सञ्चालन गरिएको सोही कार्यक्रममा हिस्टुन कास्कीका सल्लाहकार तारा प्रसाद पोख्रेल, माछापुच्छ्रे मावि भुज्र्युङखोलाका प्रधानाध्यापक सन्तोष आचार्य, शिव शक्ति माविका प्रधानाध्यापक शम्भु बास्तोला, शुक्रराज बलभद्र माविका प्रधानाध्यापक भोलानाथ पौडेल, विन्दवासिनी माविका प्रधानाध्यापक बसन्त पाण्डे लगाएतले परीक्षा सम्बन्धि विचार व्यक्त गर्नु भएको थियो ।
गण्डकी प्रदेश हिस्टुनका अध्यक्ष शंकर तिवारीको अध्यक्षतामा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा हिस्टुन बाग्लुङ जिल्लाका अध्यक्ष डिल्लिराज उपाध्यायले स्वागत गर्नु भएको कुरा हिस्टुन गण्डकी प्रदेशका अध्यक्ष शंकर तिवारीले जानकारी दिनु भाये ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्