पोखरामा कोरोना अस्पतालको आइसोलेसन भरियो, संक्रमित क्‍वारेन्टिनमै

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

श्रावण २१ पोखरा । दिनहुँ संक्रमणको दर बढ्दै गएपछि गण्डकीको सबैभन्दा बढी क्षमतायुक्त पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिस्थान मातहतको अस्पतालमा तयार गरिएको आइसोलेसन संक्रमितले भरिएको छ ।

यहाँ विशेषत कास्की र कास्कीभित्रका अस्पतालमा उपचारका लागि आएका बिरामीमा कोरोना संक्रमण भेटिएपछि थप उपचारका लागि ल्याइने गरिएको छ ।

गण्डकी सरकारले ‘डेडिकेटेड’ अस्पतालको रुपमा यो अस्पताललाई घोषणा पनि गरेको छ । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका साना दलले यो सरकारी अस्पताललाई ‘डेडिकेटेड अस्पताल’ बनाउँदा अन्य प्रकृतिका बिरामीलाई असर पुगेको भन्दै सरकारी कदमको विरोध पनि गरेका छ्न् ।

गण्डकीमा कोरोना संक्रमित बिरामीको गम्भीर स्थिती देखिएमा उपचार गर्ने यो एकमात्र अस्पताल पनि हो । तर, यहाँ पछिल्लो समय संक्रमितको संख्या बढिरहेको छ, जुन चाप अस्पतालमा तयार आइसोलेसनले थाम्‍नसक्ने स्थिती छैन ।

अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार अस्पतालमा ४० जना संक्रमितको क्षमता हुने गरी शय्या तयार गरिएको छ । तर, मंगलबार सम्म ३२ संक्रमित रहेको आइसोलेसनमा बुधबार कास्की जिल्लामा मात्रै १० संक्रमित थपिएका छन् ।

तीमध्ये अस्पतालको आइसोलेसनमा २ जना ल्याइएका छन् भने बाँकी ७ जना ‘लेकसिटी’को क्वारेन्टिनमा नै छन । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले बेड अभावका कारण संक्रमित ७ जनालाई क्वारेन्टिन मा नै आइसोलेसन बनाएर राखिएको जानकारी दिए ।

बुधबार संक्रमितमध्ये एक जना प्रहरी समेत छन । संक्रमित ती प्रहरी नदीपुर बिटमा कार्यरत थिए । ट्राभल हिस्ट्री नभएका अन्य दुईजनालाई पनि अस्पतालको आइसोलेसनमा लगिएको छ ।

यता, अस्पतालका निर्देशक डा आचार्यले बेड संख्याको बारेमा यस अघि नै प्रदेश सरकारलाई जानकारी गराइएको बताए  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्