कोरोना संक्रमणबाट पोखरामा पहिलो मृत्यु

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

२५ साउन, काठमाडौं । कोरोना संक्रमणबाट पोखरा महानगरका एक पुरुषको मृत्यु भएको छ । वडा नम्बर १९ लामाचाैरका ६२ वर्षीय पुरुषको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलशेन कक्षमा गएराति करिब सवा ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको २ दिनअघि नै परीक्षण गर्दा पोजिटिभ नतिजा देखिएको र सोही कारण मृत्यु भएको जनस्वास्थ्य शाखाले जानकारी दिएको छ । उनी यसअघि सच्चाई मण्डलीको सम्पर्कमा आएका ६ संक्रमितमध्येक एक हुन् ।

डायबिटिजका बिरामीसमेत रहेको उनको स्वास्थ्यवस्था असामान्य भएपछि उपचारार्थ अस्पताल पु¥याइएको थियो ।

हाल उक्त क्षेत्रका केही संवेदनशील क्षेत्रमा आवश्यकबाहेकका जमघट निषेध गरिएको छ भने आवश्यक स्थान सिल गर्ने तयारीसमेत भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्